हात्ती सहर पस्दै, हात्ती–मानव द्वन्द व्यवस्थापनमा कार्ययोजनाको अभाव

दमक, माघ २८
मानिसको जनसंख्या बढ्दै बढ्दै जाँदा साविकका जंगल क्षेत्र साँघुरिने मात्र होइन नासिने अवस्थामा पुगेको छ । जंगली जिवजन्तु आफ्‌नो बासस्थान र आहारा मासिएपछि बिलखवन्दमा पर्दै आएका छन् ।

 

सबैभन्दा खतरनाक जिव बाघको संख्या झापा र मोरङका जंगलमा छैन नै । भएका केही निगाले चितुवा समेत लोपै भइसकेजस्तोे अवस्था छ । अब त्यसपछिको खतरनाक र जंगलको सबैभन्दा ठूलो जीव हात्ती र मानवबीचको टकराव जीवजन्तु र मानवबीचको प्रमुख समस्या अर्थात द्वन्दका रुपमा देखिएको छ । अर्थात जंगलको हात्ती गाउँमा मात्रै नभएर घनाबस्तीको सहरमै पस्न थालेपछि मानिसहरुमा त्रास बढ्दो छ ।

 

यसक्रममा आइतबार झापाको बेलडाँगीतर्फबाट दिउँसै निस्किएका २ वटा हात्ती मध्यरातमा दमक चोक कटेर दक्षिणको एभरेष्ट बोर्डिङसँग जोडिएको डाइनामिक पब्लिक लाइब्रेरीको कोठा भत्काएर क्षति पुर्यायो । दक्षिणतर्फको कोठाको एकापट्टिको गारो भत्काएर हात्ती घरैभित्र छिर्न खोजेपछि ह्विलचियर प्रयोगकर्ता लाइब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपानेलाई आपत आइलाग्यो । धन्न एकछिनमा हात्ती बारीतर्फ फूलकोभी खाँदे केराका बोट ढाल्न थालेपछि न्यौपाने र उहाँको परिवार सुरक्षित बन्न पायो । उहाँले भन्नुभयो ‘हात्ती सहर पस्न थालेको अवस्थामा यसलाई व्यवस्थापन गर्न विशेष गरी सरकारले प्रभावकारीरुपमा दीर्घकालिन योजना बनाएर अघि बढ्नु पर्नेछ । उसको विचरण क्षेत्रमा आहाराको व्यवस्थापनमा ध्यान दिनु पर्यो ।’

 

हात्तीलाई स्थानीयले आगोको पुल्ठो बालेर तर्साउने मात्र होइन, आगोले नै हान्ने र पोलिदिने गरेपछि हात्ती प्रतिकारस्वरुप झन विध्वंशमा उत्रिएको देखिन्छ ।
हात्ती आफ्‌नो बासस्थान मात्र होइन आहारा नष्ट भएपछि गाउँ बस्तीमा पसेर भोक मेट्ने गर्दै आएको छ । यसकासाथै पहिले जंगल रहेको अवस्थामा आफूले हिँड्दै आएको बाटो बस्ती बनेपनि उसले त्यही बाटो पहिल्याउने गरेकाले पनि समस्या बढेकोे छ ।

 

हुनत हात्ती र मावनबीचकोे द्वन्द कम गर्न अर्थात हात्तीलाई अलि बढी नियन्त्रणका प्रयासहरु निकै भए । हात्ती प्रवेशका नाकामा तारबारमा विजुली जडान गर्ने, हात्ती भगाउने विभिन्न यन्त्र प्रयोग गर्ने गरिएपनि हात्तीले त्यसको सामना गर्ने उपाय खोलेर आफ्‌नो अवरोध हटाउँदै आइरहेको छ । भारतमा ठूला जंगलबाट मुख्यरुपमा झापाको बाहुनडाँगीहुँदै भित्रिने हात्तीले झापा, मोरङ र सुनसरी क्षेत्रसम्म पुगेर जनधनको क्षति पुर्याउँदै आएको छ ।

 

कोशी प्रदेशका तात्कालिन मुख्यमन्त्री केदार कार्कीको पालामा सरकारले हात्ती र मानव द्वन्द कम गर्न हात्तीको प्राकृतिक बाटो व्यवस्थापन तथा अहाराका लागि त्यस क्षेत्रमा बोटविरुवा रोप्ने योजनामा हात्ती असरग्रस्त क्षेत्रको अवलोकन भ्रमण भयो । तर त्यसपछि ठोस कार्यक्रम खास आउन सकेको छैन । जिल्ला वन कार्यालय झापाले हात्तीकालागि केही विरुवा रोपेपनि आहारा हुने अवस्था देखिदैन ।

 

हात्ती दमकको व्यस्त बजार क्षेत्रमा पसेर घर भत्काउन थालेको सन्दर्भमा र मानवको द्वन्द व्यवस्थापनमा पालिका सरकारको केही योजना छ कि भनेर हामीले दमक नगरका प्रवक्ता एवम् ८ नम्बर वडाध्यक्ष धर्मप्रसाद दाहाल दीपेशलाई सोधेका छौं । उहाँ भन्नुहुन्छ ‘ बेलडाँगीमा दैनिकजसो हात्ती आएर त्रास सिर्जना गरिरहेको छ । यसमा नगरपालिकाको ध्यानाकर्षण भइरहेपनि नियन्त्रणकालागि प्रदेश र संघीय सरकारले कार्यनीति बनाएर अघि बढ्नु आवश्यक छ ।’ उहाँले हात्तीलाई नतर्साइ उसलाई असर नपुर्याउने खाले जनचेतना प्रवाह गर्नु पनि आवश्यक रहेको धारणा राख्नु भयो ।

 

झापामा गत आर्थिक वर्षमा हात्तीको आक्रमणबाट ९ जनाको मृत्यु भएको थियो । डिभिजन वन कार्यालयका अनुसार करिब १३ वर्षमा झापामा हात्तीको आक्रमणबाट ७२ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै दुई दशकमा २१ हात्ती मारिएका छन्‌ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ