ओलीलाई कोरोना संक्रमण पुष्टि

स्थानीय तहको चुनावबारे सरकारको निर्णय कुर्दै आयोग  

 

 

 

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएकको  छ।

पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा छन्। ओलीलाई संक्रमण भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ।

 

आयोगले सरकारलाई पुस ३० मा मिति तोक्न एक साताको समय दिएको थियो । माघ पहिलो साता निर्वाचनको मिति तोक्न नसके जेठ ५ अघि स्थानीय तहमा जनप्रतिनिधि पठाउन नसक्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनको तयारी कम्तीमा १२० दिन चाहिने उल्लेख गर्दै मिति घोषणा गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएको छ । माघ पहिलो साता घोषणा भएको भए वैशाख अन्तिममा निर्वाचन गरेर जेठ ६ देखि कार्यभार सुरु गर्न सकिने आयोगको योजना थियो ।

‘योजना अनुसार सरकारले मिति घोषणा नगरेपछि हामी अलमलमा छौ । आयोगलाई निर्वाचन परामर्शको लागि कतैबाट केही प्रस्ताव आएको छैन,’आयोगका प्रवक्ता शालिग्राम शर्माले भने,‘ मौजुदा कानुन अनुसार हामीले काम गर्ने हो । कानुन अनुसार निर्वाचन गर्न हामीले मिति प्रस्ताव गरेका थियौ । त्यो मिति पनि घर्किसक्यो ।’

स्थानीय तह निर्वाचन ऐनको दफा ४ मा सरकारले निर्वाचनको मिति घोषणा गर्नु अघि आयोगसंग परामर्श गर्नु पर्ने व्यवस्था छ । ‘आयोगलाई बोलाएपछि निर्वाचनको मितिका बारेमा छलफल होला । आयोगको तत्काल नयाँ धारणा विकास भएको छैन । आयोग त वेट एन्ड सीमै छ,’शर्माले भने ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक