दमक, फागुन ३
झापाका १५ वटा स्थानीय तह मध्येको कार्य सम्पादन मूल्याङ्कनमा दमक नगरपालिकाले ५४.२ अंक हासिल गर्दै आठौं स्थानमा परेको छ ।
संघीय सरकारको मूल्याङ्कनमा जिल्लामा भद्रपुर नगरपालिका ७१ अंक ल्याएर नम्बर १ मा परेको छ । दोस्रोमा गौरादह नगरपालिकाले ६१, तेस्रोमा शिवसताक्षी नगरपालिको ६०.७ अंक रहेको छ ।
हल्दिबारी गाउँपालिकाले ६० अंक, झापा गाउँपालिकाले ५८.९ अंक, बाह्रदशी गाउँपालिकाले ५८.९ अंक, बुद्धशान्ति गाउँपालिकाले ५७.२ अंक, दमक नगरपालिकाले ५४.२ अंक, बिर्तामोड नगरपालिकाले ५३.४ अंक, कनकाई नगरपालिकाले ५२.८ अंक प्राप्त गरेको विवरण छ ।
त्यस्तै, कमल गाउँपालिकाले ५१.३ अंक, अर्जुनधारा नगरपालिकाले ४७.९ अंक, कचनकवल गाउँपालिकाले ४६.३ अंक, मेची नगरपालिकाले ३९.२ अंक र सबैभन्दा कम गौरीगञ्ज गाउँपालिकाले ३३.९ अंक प्राप्त गरेको छ ।









