अनुशीलन

जापानको पहरामा नेपालको इतिहास खोप्दै मञ्जुल

दमक, फागुन ३
भिरालो ठाउँ टाँडीमा जहीँ तँही ढुंगा फेला पर्ने गरेपछि उहाँभित्रको काव्यिक मनले त्यसलाई टिपेर आकृति दिने निधो गर्यो र ११ वर्षको उमेरबाट मूर्तिकलातर्फ मन आकर्षित हुन पुग्यो । नेपाली ऐतिहासिक मूर्तीकार अरनिकोको जीवनीबाट समेत प्रभावित भएर कक्षा ६ मा पढ्दादेखिको ढुंगासँगको संगत भयोे । त्यही संगतले मञ्जुल बराईली अर्थात सृजनाका मञ्जुल मितेरीलाई यो बेला देश विदेशमा आधुनिक अरनिकोका रुपमा चिनाउँदै नेपालकैलागि ऐतिहासिक काम गर्ने अवस्थामा पुर्यायो ।

 

माता सरिता र पिता इन्द्रबहादुर विश्वकर्माको सन्तानका रुपमा वि.सं. २०३६ साल माघ २८ गते मोरङ जिल्लाको हालको मिक्लाजुङ गाउँपालिका टाँडीमा जन्मिनु भएका मितेरीलाई जापानमा यो शताब्दीको विश्वको सबैभन्दा ठूलो आकारको गौतम बुद्धको ढुंगाको मूर्ति निर्माण गरेर विश्वमै फरक पहिचान बनाउन सफल बनेको अग्लो उचाई प्राप्त भएको छ । त्यसभित्र पनि बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम चिरी बुद्ध नेपालको भनेर चिनाउने तथ्य उजागर गरेर जापानमा लेखोटहरु सच्याउने निकै महत्वपूर्ण काममा समेत सफलता प्राप्त भएको गौरब छ उहाँसँग । सन् २०१६ देखि नेपालकै अरु ५ जना मूर्तीकार साथीहरुसँग जापानमा गएर विशाल पहरामा लगातार गरिरहेको सृजन कर्मले सन् २०२६ मा पूर्णता पाउने छ । नेपालका पहराहरुमा पनि त्यस्तै ऐतिहासिक मूर्ति निर्माणको लक्ष्य छ उहाँको ।

 

मोरङकै उर्लाबारी नगरमा बसोबास गर्दै आउनु भएका उहाँले विश्वप्रसिद्ध ब्यक्तित्वहरुका अर्धकदका १ हजार मूर्ती बनाएर राष्ट्रलाई उपहार सुम्पिने फलामे सपना ०६० सालमा घोषणा गर्नुभयो । तर त्यसको व्यवस्थापन अनि संग्रहालय निर्माणको योजनाले मूर्तरुप लिन नसक्दा सपना पुरा गर्ने गति तीब्र बन्न पाएको छैन । हालसम्म १५० वटा मूर्ति तयार छन् ।

 

मितेरीको ढुंगासँग लागेको मितेरीले त्यसैबाट व्यवसायिक यात्रा अघि बढाइरहेको छ । श्रीमती कौशिला राई र छोरा प्रतिक मञ्जुल बराइलीले समेत गजबले मूर्ती निर्माणको काम गरिरहनु भएको छ ।

 

स्नातक तहसम्मको अध्ययन गर्नुभएका उहाँ साहित्यकारका रुपमा पनि कम सशक्त हुनुहुन्न । दलित सौन्दर्यशास्त्रको पाटो समातेर मूक्तिकामी सृजनामा उहाँ गम्भिर बनेर लाग्नु भएको छ । उहाँले सबैभन्दा पहिले २०५७ सालमा कविता संग्रह ‘आस्था’ प्रकाशित गर्नुभयो । ०७१ मा कथा संग्रह ‘अर्काको देशमा’ र ०७९ मा कविता संग्रह ‘कामी’ प्रकाशित भएको छ ।

 

गीत लेखन र संगीत सिर्जना गर्दै स्वर समेत भर्न सिपालु उहाँका हालसम्म १ दर्जन गीत रेकर्ड भएका छन् । उसु अर्थात मार्शल आर्टको राष्ट्रिय खेलाडी र प्रशिक्षकका रुपमा समेत उहाँको चिनारी छ ।

 

उहाँले नेपाल सरकारद्वारा राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७३, कोशी प्रादेशिक प्रतिभा पुरस्कार २०७९ लगायत विभिन्न १ सयको हाराहारीमा पुरस्कार तथा सम्मान प्र्राप्त गरिसक्नु भएको छ । उहाँसँग उज्याखो खबरको ‘अनुशीलन’ कार्यक्रमको २२ औं श्रृंखलामा भएकोे भलाकुसारी र सृजना प्रस्तुति यो भिडियो मार्फत प्रस्तुत छ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२४ घण्टामा ५१४ सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं , भदौ १३ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले

भोटेकोशी बाढीका पहिचान नभएका शव चितवनमा व्यवस्थापन गरिँदै

काठमाडौं,१३ भदौ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ।जिल्ला प्रशासन कार्यालय

रसुवाका बाढीपीडितलाई सहयोग गर्न प्राधिकरणको आह्वान

काठमाडौं , भदौ १३। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि

बाढीपीडितको सहयोगमा एनआरएनए एकजुट हुनुपर्ने अभियन्ताको जोड

काठमाडौं , भदौ १३ । गत बुधबार रसुवा–चीन सीमा क्षेत्र हुँदै आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली ९एनआरएन०अभियन्ताहरूले तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माण

भारी वर्षापछि सडकको भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु

कास्की , १३ भदौ। पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–१७ हर्कचोक स्थित

आणविक परीक्षणविरुद्ध विश्वभर जनचेतना फैलाउँदै दिवस मनाइँदै

काठमाडौं , भदौ १३ । आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै । हरेक वर्ष अगस्ट २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।विश्वमा आणविक