हत्या

ढुङ्गाले हानेर साथीको हत्या, ‘डुबेर मरेको देखाउन साइकलसहित शव नहरमा फालिदिए’

झापा/

मोरङको कटहरीमा मदिरा खाएपछि आफ्नै साथीको दुई जनाले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जहदा गाउँपालिका ३ का ४० वर्षिय  अशोक ऋषिदेवको हत्या आफ्नै दुई जना साथीले गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

राजमस्त्री काम गर्ने ऋषिदेवको हत्या आरोपमा प्रहरीले कटहरी ३ का ३८ वर्षिय शेखर राजवंशीलाई पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी मजिंल मुकारूङले जानकारी दिए । उक्त घटनामा संलग्न अर्का एक जना फरार छन् । उनको पनि खोजी कार्य तिव्र बनाएको उनले बताए । मृतक र घटनामा संलग्न साथी हुन् । उनीहरू राजमिस्त्री हुन् ।

शनिबार राती काम सकिएपछि उनीहरु कटहरीको एक भट्टी पसलमा गएर मदिरा सेवन गरेका थिए । ‘भट्टी पसलबाट निस्किएपछि सामान्य विषयलाई लएर विवाद भएको रहेछ । विवाद हुँदा अशोकलाई शंकर र अर्का एक जना साथी भएर आक्रमण गरेका रहेछन्,’ डिएसपी मुकारूङले भने, ‘उनीहरुको आक्रमणबाट अकोशको हत्या भएको छ ।’ विवाद बढदै जाँदा शंकरसहित दुइ जनाले अशोकको टाउँकोमा ढुङगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गरेपछि अकोशको शव कटहरी ३ मा रिङ्गरोडको नहरमा फालिदिएका थिए । ऋषिदेवको मृत्यु भएपछि घटना लुकाउन राजवंशीले शव नहरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मुकारुङले बताए ।

‘पानीमा अकोशकको शव फालेपछि उनले चढदै गरेको साइकल पनि त्यही लगेर फालिदिएको पाइएको छ,’ उनले भने, ‘घटनलाई मोडन उनीहरुले निक्कै चलाखि गरेको पाइएको छ । हत्या गरेको घटनलाई लुकाउन डुबेर मरेको देखाउन शव र अशोक चढने साइकल पानी भएको नहरमा फालिदिएको पाइएको छ ।’ ऋषिदेवको शव साइकलसहित नालामा डुबेको अवस्थामा प्रहरीले आइतबार बरामद गरेको थियो ।

शव बरामद भएपछि टाउकोमा गम्भीर चोट देखिएकाले प्रहरीले अनुसन्धान गर्ने क्रममा राजवंशीसहित दुइ जनाले हत्या गरेर नालामा फालेको तथ्य पत्ता लगाएको मुकारुङले बताए ।

साथीको हत्या गरेपछि बाँसझ्याङमा

राती अशोकको हत्या गरेपछि राजवंशी डरले घरमा नसुति बासझ्याङमा बसेको पाइएको छ । प्रहरीले समात्ने भयको कारणले घरमा नबसी उनी राती घरदेखि करिब २ किलोमिटर टाढा रहेको बाँसझ्याङमा बसेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीबाट खटिएको टोलीले पनि राजवंशीलाई आइतबार बासझ्याङदेखि पक्राउ गरेको डिएसपी मुकारुङले जानकारी दिए ।

घटनामा संलग्न भएका अर्को साथी पनि फरार भएकोले उनको पनि खोजी कार्य जारी रहेको उनले बताए । पक्राउ परेका राजवंशीलाई प्रहरीले सोमबार कर्तब्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरि अनुस्न्धान अगाडी बढएको मोरङ प्रहरीले जनाएको छ ।

मृतक राजवंशीको श्रीमिति र तीन छोरा रहेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन