हत्या

ढुङ्गाले हानेर साथीको हत्या, ‘डुबेर मरेको देखाउन साइकलसहित शव नहरमा फालिदिए’

78826a3d-53f1-46eb-9a73-c696585ae287

झापा/

मोरङको कटहरीमा मदिरा खाएपछि आफ्नै साथीको दुई जनाले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जहदा गाउँपालिका ३ का ४० वर्षिय  अशोक ऋषिदेवको हत्या आफ्नै दुई जना साथीले गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

राजमस्त्री काम गर्ने ऋषिदेवको हत्या आरोपमा प्रहरीले कटहरी ३ का ३८ वर्षिय शेखर राजवंशीलाई पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी मजिंल मुकारूङले जानकारी दिए । उक्त घटनामा संलग्न अर्का एक जना फरार छन् । उनको पनि खोजी कार्य तिव्र बनाएको उनले बताए । मृतक र घटनामा संलग्न साथी हुन् । उनीहरू राजमिस्त्री हुन् ।

शनिबार राती काम सकिएपछि उनीहरु कटहरीको एक भट्टी पसलमा गएर मदिरा सेवन गरेका थिए । ‘भट्टी पसलबाट निस्किएपछि सामान्य विषयलाई लएर विवाद भएको रहेछ । विवाद हुँदा अशोकलाई शंकर र अर्का एक जना साथी भएर आक्रमण गरेका रहेछन्,’ डिएसपी मुकारूङले भने, ‘उनीहरुको आक्रमणबाट अकोशको हत्या भएको छ ।’ विवाद बढदै जाँदा शंकरसहित दुइ जनाले अशोकको टाउँकोमा ढुङगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गरेपछि अकोशको शव कटहरी ३ मा रिङ्गरोडको नहरमा फालिदिएका थिए । ऋषिदेवको मृत्यु भएपछि घटना लुकाउन राजवंशीले शव नहरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मुकारुङले बताए ।

‘पानीमा अकोशकको शव फालेपछि उनले चढदै गरेको साइकल पनि त्यही लगेर फालिदिएको पाइएको छ,’ उनले भने, ‘घटनलाई मोडन उनीहरुले निक्कै चलाखि गरेको पाइएको छ । हत्या गरेको घटनलाई लुकाउन डुबेर मरेको देखाउन शव र अशोक चढने साइकल पानी भएको नहरमा फालिदिएको पाइएको छ ।’ ऋषिदेवको शव साइकलसहित नालामा डुबेको अवस्थामा प्रहरीले आइतबार बरामद गरेको थियो ।

शव बरामद भएपछि टाउकोमा गम्भीर चोट देखिएकाले प्रहरीले अनुसन्धान गर्ने क्रममा राजवंशीसहित दुइ जनाले हत्या गरेर नालामा फालेको तथ्य पत्ता लगाएको मुकारुङले बताए ।

साथीको हत्या गरेपछि बाँसझ्याङमा

राती अशोकको हत्या गरेपछि राजवंशी डरले घरमा नसुति बासझ्याङमा बसेको पाइएको छ । प्रहरीले समात्ने भयको कारणले घरमा नबसी उनी राती घरदेखि करिब २ किलोमिटर टाढा रहेको बाँसझ्याङमा बसेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीबाट खटिएको टोलीले पनि राजवंशीलाई आइतबार बासझ्याङदेखि पक्राउ गरेको डिएसपी मुकारुङले जानकारी दिए ।

घटनामा संलग्न भएका अर्को साथी पनि फरार भएकोले उनको पनि खोजी कार्य जारी रहेको उनले बताए । पक्राउ परेका राजवंशीलाई प्रहरीले सोमबार कर्तब्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरि अनुस्न्धान अगाडी बढएको मोरङ प्रहरीले जनाएको छ ।

मृतक राजवंशीको श्रीमिति र तीन छोरा रहेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित