‘राजागंज’को अग्रिम प्रचारप्रसारमा झापा, मोरङ र सुनसरीमा भेटघाट

दमक, फागुन ७
विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलहरु भेनिस, बुसान र टालिन ब्लाक नाइट््‌समा प्रभाव जमाइसकेको नेपाली कथानक चलचित्र ‘राजागंज’ चैत १ बाट नेपालमा प्रदर्शनमा आउने भएको छ । यसको अग्रिम प्रचार प्रसारमा मुख्य कलाकार आशा मगराती, कोअर्डिनेटर सन्देश घिमिरे, विकास बुढाथोकीसहितको टोली यो बेला झापा, मोरङ र सुनसरीमा कलाप्रेमी र पत्रकारहरसँग भेटघाटमा व्यस्त रहेको छ ।

 

झापाको दमकस्थित कदम थिएटरमा छोटो अन्तरसंवाद भएको छ । झापाको बिर्तामोड, मोरङको बेलबारी, सुनसरीको इटहरीसहितमा चलचित्रका बारेमा भेटघाटको क्रम अघि बढाएको छ । सो क्रममा आशाले भन्नु भएको छ ‘भारतीय चर्चित निर्माता अनुरागको समेत निर्माण सहयात्रामा आर्ट र व्यवसायिक हिसाबले पनि अन्तर्राष्ट्रियस्तरको प्रतिष्पर्धाको चलचित्र बनेको छ । यो नेपाली चलचित्रकैलागि खुसीको कुरा हो ।’

 

अन्तराष्ट्रिय हिसाबले यो चलचित्र ‘पूजा सर’का नामले प्रदर्शनमा आउने भएको छ । यसका मुख्य निर्माताहरुमा जारी, कबड््‌डीजस्ता ब्लकबस्टर चलचित्र निर्माण गरिसकेका निर्देशक रामबाबु गुरुङका साथमा चर्चित अभिनेता दयाहाङ राई र भारतीय प्रसिद्ध निर्माता अनुराग कश्यप रहनु भएको छ ।

 

आपराधिक सञ्जाललाई चिर्न एक साहसिक महिलाको कथामा बनेको कलात्मकसँगै व्यवसायिक हिसाबको सो चलचित्रमा मधेसको कथा, व्यथा र आन्दोलनको प्रमुख विषयवस्तु केन्द्रित छ । मुख्य पात्रका रुपमा रहेकी इन्सपेक्टर पूजा थापाको भूमिकामा आशा मगरातीको अभिनय छ । चलचित्रमा आशाकासाथै दयाहाङ राई, विजय बराल, नितिका चाण्डक, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, घनश्याम मिश्रा, परमेश्वर झा, आरती मण्डल, पुष्पा यादव, रिंकु गायत्री झालगायतको अभिनय रहेको छ ।

 

हाइवे, सेतो सूर्य, सिंगापुरे, पाल्म स्प्रिङ जस्ता अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा चर्चामा रहेर अवार्ड जितेका चलचित्रका निर्देशक दीपक रौनियारले ‘राजागंज’ को लेखन र निर्देशन गर्नुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आँबुखैरेनी र देवघाटमा २८ शव फेला

तनहुँ ,१२ भदौ । तनहुँको आँबुखैरेनी देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बुधबार ९ वटा र बिहीबार १९ वटा गरी २८ शव फेला परेका छन् । बुधबार

राहत र उद्धारमा बागमती सरकार फिल्डमै

काठमाडौं, भदौ १२ । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै बागमती प्रदेश सरकार फिल्डमै परिचालित भएको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुग्यो, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं , १२ भदौ। रसुवामा भोटेकोशी नदीमा बाढी बढिरहेको भन्दै त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।बाढी पूर्वानुमान महाशाखाले भदौ १२

बाढीमा फसेका जलविद्युत् आयोजनाका कर्मचारीको उद्धार तीव्र

काठमान्डौ ,१२ भदौ । नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ। आज उद्धारका लागि आवश्यक सामग्री,

कोशी ब्यारेजमा पानीको सतह खतराको तहमा, १५ ढोका खोलियो

सुनसरी , १२ भदौ । कोशी ब्यारेजमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ। शुक्रबार दिउँसो १२ बजेर १७ मिनेटको मापन अनुसार ब्यारेजमा पानीको बहाव

ताल फुट्ने जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान स्थगित

काठमाडौं, १२ भदौ । पहिरोका कारण बनेको तालको जलस्तर बढ्दै गएपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार ताल