हिसान कोशीको भलिबल प्रतियोगिता सम्पन्न, बिजेता बने यी विद्यालय

दमक, फागुन ८
उच्च माद्यमिक विद्यालयहरुको संगठन हिसानको कोशी प्रदेश कमिटीले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

 

झापाको दमकस्थित आस्था कलेज अफ म्यानेजमेण्टको प्राङ्गणमा बिभिन्न समुहगत प्रतिस्पर्धा भएको थियो । सो क्रममा छात्र तर्फको प्रतियोगितामा मोरङको विराटनगरस्थित कान्तिपुर सेकेण्डरी स्कुल प्रथम भएको छ भने बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेण्ट उप बिजेता बनेको छ ।

 

यसैगरी, छात्रा तर्फ सुनसरी धरानको पूर्वाञ्चल सेकेण्डरी स्कुल प्रथम भएको छ भने बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेण्टनै उपविजेता बनेको हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारीले जानकारी दिनुभयो ।

 

प्रतियोगिताका बिजेतालाई दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, आस्था कलेज अफ म्यानेजमेण्टका उपाध्यक्ष टंक सिटौला, क्याम्पसका सहायक प्रमुख टिकाराम अधिकारी लगायतले पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
हिसान झापाका अध्यक्ष एवम् कार्यक्रम संयोजक टेकनाथ भण्डारीले प्रतियोगिताले विद्यार्थीहरुको सृजनशीलतामा टेवा पुग्ने भएकोले बिभिन्न ठाउँमा यस खाले प्रतियोगिता हिसानले गरिरहेको जानकारी दिनुभयो ।

 

प्रतियोगितामा ३ जिल्लाबाट १२ विद्यालयका विद्यार्थी सहभागी भएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप