यातायात

यातायात कार्यालयमा मन्त्रीको अनुगमन, बिचौलिया रोक्न निर्देशन

 

 

 

 

 

काठमाडौंबागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन्।

बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताएका हुन्। उनले यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरु अघि बढाउनुपर्ने भएकोले मन्त्रालयले अब यातायात क्षेत्रको सुधारका लागि व्यावहारिक काममा मात्रै नभई कानुनि कामलाई पनि अघि बढाएर लैजाने बताए।

मन्त्री दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिए। उनले यातायात कार्यालयमा रहेको विभिन्न समयदेखिका ठूला ढड्डाहरुलाई अनलाइनमा राख्नको लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बताए।

मन्त्री दाहालले भने, ‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा पनि केही न केही सुधार गर्नुपर्छ। अर्को भनेको हिजोको हाम्रो काम गर्ने सिस्टम ढड्डामा राख्ने सिस्टमले पनि हामीलाई कतिपय ठाउँमा असजिलो भएको छ। त्यसलाई पनि हल गर्नुपर्ने छ।’

अनुगमनका क्रममा मन्त्री दाहालले अहिले पनि कतिपय अवस्थामा दक्ष जनशक्ति कर्मचारीहरुको अभाव रहेको र त्यसलाई विस्तारै हल गर्दै लगिने बताए। अहिलेको अवस्था पनि काम गर्ने शैली पुरानै हुँदा र  ढड्डा राख्ने पुरानै तरिका अपनाउँदा थप समस्या भएको उनको भनाइ छ।

उनले भने, ‘हामी अहिले सबै अनलाइन सिस्टमको विकास गर्ने भनेर अघि बढिरहेका छौँ। ठूला ढड्डाहरुलाई सधैँ सुरक्षित गर्न सकिँदैन। त्यसलाई सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू पनि मुख्य समस्याको रूपमा रहेको छ। त्यसबारे हामी मन्त्रालयमा छलफल गरेर चाँडै निर्णय गर्नेछौँ।’

लाइसेन्स लिन समस्या

त्यस्तै, मन्त्री दाहालले अर्को मुख्‍य समस्याका रूपमा लाइसेन्स लिने कामलाई औल्याएका छन्। लाइसेन लिने बेला त्यो लाइसेनको चेकजाँच गर्ने समिति हुन्छ, त्यसले अन्तिममा सही गर्ने बेलामा कतै न कतै त्रुटि गरेर अनावश्‍यक दु:ख दिने गरेको  उनको भनाइ छ।

‘त्यो के कारणले भयो ठ्याक्कै हामी अहिले नै भन्न त सक्दैनौँ। त्यो कारणले गर्दा अहिले सेवाग्राहीहरु पनि समस्या भोगिरहेका छन्। एकातिर हेर्दा उहाँहरुसँग स्मार्ट लाइसेन छ। यहाँ आएर हेर्दा अहिले पनि फेल भएको हो कि भनेजस्तो छ’ उनले भने।

यातायात क्षेत्रमा बिचौलियाहरूका कारण अलि बढी नै समस्या हुने गरेको र उनीहरूको प्रवेश रोक्न मन्त्री दाहालले कडा निर्देशन पनि दिएका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा