अन्नपूर्ण माविले भव्य रूपले मनायो ३४ औँ अभिभावक दिवस

पथरी, फागुन १५
मोरङको पथरी शनिश्चरे वडा नम्बर १ मा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयले आफ्नो ३४ औँ अभिभावक दिवस तथा वार्षिकोत्सव बिहीबार भव्यताका साथ मनाएको छ । विद्यालयले आफ्नै प्राङ्गणमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।

 

पथरी शनिश्चरे वडा नम्बर १ का वडा अध्यक्ष भीमकुमार राईको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बोल्दै वडा अध्यक्ष राईले सो विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरु देशका विभिन्न जिम्मेवार स्थानमा पुगेर आफूलाई अब्बल साबित गरेको र असल नागरिकको रुपमा स्थापित भएको भन्दै विद्यालयको योगदानको प्रशंसा गर्नुभयो ।

 

सो अवसरमा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले अन्नपूर्णले ३४ वर्ष अघिदेखि शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याएर शैक्षिक गुणस्तर हासिल गरेको भन्दै प्रशंसा गर्नुभयो ।

 

कार्यक्रममा विभिन्न तह र कक्षाका बालबालिकाहरूले सांस्कृतिक भेषभूषामा आकर्षक नृत्यहरू पस्केका थिए । सोही अवसरमा विद्यालयमा दुई दशकभन्दा बढी शिक्षण सेवा गरी अवकाश लिनुभएका पूर्व शिक्षक तुलसीराम तिम्सिनालाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । यसैगरी, विभिन्न विधामा विजयी विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्रसहित पुरस्कृत समेत गरिएको थियो ।

विद्यालयका निर्देशक मदनबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वीरेन्द्र गुरुङले विद्यालयको आगामी शैक्षिक योजनाहरू प्रस्तुत गर्नुभएको थियो ।

 

नगर प्याब्सन पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेत, विद्यालय सञ्चालक भम्पर थापा, विद्यालयका संयोजक सुरेश थापा, शिक्षक अभिभावक सङ्घको अध्यक्ष हेमबहादुर श्रेष्ठ, तथा सदस्यहरू जेसिका बस्नेत, कला मगरलगायतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य रामचन्द्र रानाले गर्नुभएको सो कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक प्रकाश धिमालले गर्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको