भव्य बन्यो वाल्मीकिको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

पथरी, फागुन १६
मोरङको पथरी शनिश्चरे वडा नम्बर २ स्थित वाल्मीकि मेमोरियल माध्यमिक विद्यालयको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले वाल्मीकि मेमोरियल माध्यमिक विद्यालय रूपमा स्थापित भइसकेको भन्दै प्रशंसा गर्नुभयो । विद्यालयले हालसम्म ल्याएका नीति तथा कार्यक्रमहरू नगरपालिकाका शैक्षिक मापदण्डभित्रै रहेको पनि उहाँले उल्लेख गर्नुभएको थियो ।

 


कार्यक्रममा वाल्मीकि मेमोरियल माध्यमिक विद्यालयका निर्देशक नवोलकिशोर खनालले वार्षिक प्रगति विवरण तथा भावी कार्ययोजना पेश गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयका विभिन्न तह र कक्षाका छात्र छात्राहरुलाई ट्रफी, प्रमाणपत्र सहितले पुरस्कृत गरिएको थियो भने गायन, नृत्य, ’स्पिच’, लगायत बालबालिकाबाट सुन्दर प्रतिभाहरू प्रस्तुत गरिएका थिए ।

 

शिक्षक अभिभावक संघका अध्यक्ष नेत्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, वडा नम्बर २ का वडा सदस्य चन्द्रकुमार राई, नगर प्याब्सन पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेत, समाजसेवी परशुराम मिश्र, लगायत विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरु, विद्यालयका अभिभावक, विद्यार्थी शिक्षक शिक्षिकाहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल चन्द्र चन्द्रप्रसाद दुलालले गर्नुभएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको