Search
Close this search box.
"८० वर्षीय वृद्धको हत्या"

८० वर्षीय बुवाको हत्या आरोपमा छोरा पक्राउ

 

मोरङको बेलबारी नगरपालिका–९ मा ८० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको छ ।

८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

बुधबार राति साढे ११ बजे सामान्य विवादमा बुबाको हत्या गरेको आरोप जयबहादुरमाथि लागेको छ । बुधबार राति विवाहमा मापसे गरी फर्किएका जयबहादुरले सामान्य विवादपछि बुबाको घाँटी थिचेर हत्या गरेको आरोप छ ।

घटनाको अनुसन्धानका लागि बुधबार राति नै जयबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp