जकडिएको भूमि समस्या समाधानको भरोसासहित बधाई तथा शुभकामना

नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत गठित भूमिहिन दलित, सुकुम्बासी र अव्यस्थित बसोबास व्यवस्थापन समस्या समाधान आयोग मोरङको जिल्ला कार्यसमिति निर्माणको क्रममा गृहनगर पथरी शनिश्चरे नगरपालिका बसोबासरत् व्यक्तित्वद्वय विजय डाँगी यसको विज्ञ सदस्य (अलिक पहिल्यै) र गणेश खड्का सदस्यका रूपमा (भरखरै मात्र) नियुक्त हुनुभएको विषयले खुशी लागेको छ ।

 

तपाईहरू दुबैजना र स्वयम् आदरणीय अध्यक्ष नवीन पौडेल पनि भूमिसम्बन्धी जकडिएर रहेको समस्याको अस्तव्यस्त चाङ–क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुन्छ । समस्याको वस्तुगत पहिचान, समाधानको गहिरो उपाय अध्ययन र योजनामार्फत सम्बोधनसहित व्यवस्थापनको हकमा सजिलो होला भनेर पनि तपाई जिम्मेवारहरू यस क्षेत्रमा पर्नुभएको हुनसक्छ । यो यहाँको हकमा अर्को एउटा सुखद् पक्ष हो ।

 

गठन, विघठन र फेरि गठनको प्रक्रिया सँगसँगै भूमिहीन दलितको पहिचान र अभिलेखीकरण भएकै हुनुपर्छ । वास्तविक भूमिहीन दलितहरूको पहिचान भएको हुनुपर्छ । सुकुम्बासी र अव्यस्थित बसोबासको व्यवस्थापनसम्बन्धी एउटा अवधारणा विकास भएको हुनुपर्छ ।

 

तपाई नेतृत्वले सुकुम्बासी तथा अव्यवस्थित रूपमा बसोबास गरिरहेका व्यक्तिहरूको लगत, तथ्यतथ्यांक संकलन तथा व्यवस्थित पुनर्स्थापनाको योजना बनाउनुपर्ने छ । यसभित्र आवासीय जग्गा पहिचान र वितरण व्यवस्थापन, योग्य भूमिहीन दलित, सुकुम्बासी तथा अव्यस्थित बसोबास गरिरहेका मानिसको प्रकृति अध्ययन र निर्धारण गर्नुहुने छ । यससम्बन्धी कानुनी तथा नीति निर्माण तहमा उभिएर भूमिहीन दलित तथा सुकुम्बासीहरूको अधिकार सुनिश्चित गर्न आवश्यक विमर्शसहित कानुनी व्यवस्था तथा नीति निर्माणमा सरकारलाई सिफारिस गर्नुहुने छ । दूरगामी र सार्वजनिक महत्वका साथ स्थानीय जग्गा सुरक्षित गर्ने कार्यसमेत गर्नुहुने छ । वितरण व्यवस्थापन प्रणाली पूर्णतः वैज्ञानिक बनाउनुहुने छ । बलिया पाखुरा भएका व्यक्तिले मात्र जमिन हडप्न पाउने प्रचलनविरुद्ध तपाई नेतृत्व खरो उत्रनुहुने छ । लक्षित समुदायको हक सुनिश्चितताको प्रत्याभूति र कानुनी सुरक्षा प्रदान गर्ने विषयमा तपाई नेतृत्व योग्यतापूर्वक अग्रसरता लिनुहुने छ । यो सँगसँगै विकास पूर्वाधारको नमुना व्यवस्थापन गर्दै बसोबास क्षेत्रको पूर्वाधार (सडक, खानेपानी, विद्युत, स्वास्थ्य, शिक्षा आदि) विकासमा तपाई नेतृत्वले पहलकदमी लिनुहुने छ । लक्षित समुदायमा तिनको उत्थानका लागि पुनःर्स्थापित कार्यक्रममार्फत व्यक्तिहरूको रोजगारी, सिप विकास तथा आर्थिक उन्नतिको उपायहरू तपाई नेतृत्वले खोज्नुहुने छ, आफू स्वयम्‌ले पनि अवलम्बन गर्नुहुने छ । साँचो अर्थमा संघीयता अनुभूति दिलाउन सरकारी निकायहरू (केन्द्र, प्रदेश तथा स्थानीय तह) सँग समन्वय गरी नीतिगत कार्यक्रम कार्यान्वयन पक्षलाई दृढ र प्रभावकारी बनाउनुहुने छ ।

 

यसअर्थमा पनि यो भूमिहीन, सुकुम्बासी तथा अव्यस्थित रूपमा बसोबास गरिरहेका नागरिकहरूको जीवनस्तर सुधार्न तथा उनीहरूलाई कानुनी रूपमा जग्गा मालिक बनाउने लक्ष्यसहित अगाडि बढाउनुहुने छ । लक्षित समुदायले झेलेको समस्या समाधान गर्ने राजनीतिक प्रतिबद्धतासहित गठित यो आयोग सम्बद्ध तपाईको राजनीतिक र सामाजिक जीवन काम र भूमिकाको प्रभावकारिताबाट झन धेरै चुलिने छ, सामाजिक सांस्कृतिक जीवन आदारसम्मानभावका साथ अझ धेरै प्रतिष्ठित बन्ने छ भन्ने विश्वासका साथ बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
(लेखक बास्कोटा पथरी शनिश्चरेका राजनीतिक र सामाजिक अगुवा हुनुहुन्छ ।)

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,