सरकारले दोस्रो पटक गर्‍यो विशेष आर्थिक क्षेत्रको नियमावली संशोधन

काठमाडौँ, फागुन १९
सरकारले विशेष आर्थिक क्षेत्र (सेज) नियमावलीमा दोस्रो पटक संशोधन गरेको छ । मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत भएको उक्त नियमावली नेपाल राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ ।

 

सेज नियमावली संशोधन गरे पनि सरकारले यसमा खासै ठूलो परिवर्तन भने गरेको छैन । राजपत्रमा प्रकाशित सूचना अनुसार नियमावलीले जम्मा पाँच वटा संशोधन गरेको छ ।

 

 

यी संशोधनमध्ये सार्वजनिक–निजी साझेदारी अन्तर्गत आयोजना विकास लगानी समेतमा गर्न तोकिएको विकल्पहरूमा मनसायपत्र आह्वान गएकोमा आवेदन दिएका कम्पनीको प्रस्तावमध्ये प्रतिस्पर्धाका आधारमा उपयुक्त प्रस्ताव छनोट गर्न ४५ दिनको म्याद दिनुपर्ने व्यवस्थालाई ३० दिनको बनाइएको छ ।
सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रले पूर्वाधार विकास गर्ने, सरकार र निजी क्षेत्रमा संयुक्त रूपमा लगानी गर्ने, सरकारले स्थापना गरेको सेजलाई निजी क्षेत्रलाई सञ्चालन वा व्यवस्थापन गर्न दिने विकल्प नियमावलीमा संसोधन गरिएको छ ।

 

 

त्यस्तै, त्यसरी मनसायपत्र पेस गरेका निजी क्षेत्रका कम्पनीबाट प्राप्त प्रस्तावलाई छनोट समितिले मूल्याङ्कन गरी सिफारिस गर्ने समयावधि यसअघि ३० दिन रहेकोमा १५ दिनमा झारिएको छ । सिफारिस गर्दा प्राथमिकता अनुसार वैकल्पिक प्रस्तावको रूपमा समेत सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै, सेज नियमावलीको नियम ३१ मा यसअघि रहेको एकद्वार प्रणालीबाट उद्योग दर्ता हुन अनिवार्य रहेकोमा अब सम्बन्धित निकायमा दर्ता भएका जुनसुकै कम्पनीले पनि सहभागी हुनसक्ने व्यवस्था गरिएको सेजका कार्यकारी निर्देशक छत्र कटुवालले जानकारी दिनुभयो  ।

 

 

उता, उद्योग दर्ता भएको १५ दिनभित्र उद्योग स्थापना र सञ्चालनका लागि सम्झौता गर्नुपर्ने व्यवस्था रहेकोमा यो व्यवस्थालाई झिकिएको छ । उद्योग दर्ता भएको १५ दिनभित्रै सम्झौताका लागि आउनुपर्ने व्यवस्था झन्झटिलो भएकाले यसलाई हटाइएको कटुवाल बताउँछन् । प्रारम्भिक सम्झौता भएको १२० दिनभित्र कम्पनी दर्ता वा अन्य स्वीकृति प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेकाले यो हटाइएको उहाँको भनाइ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इटहरीमा विद्युत् प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

इटहरी ,१८ भदौ । विद्युत् जडानका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गरिरहेका नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव अख्तियारको फन्दामा परेका छन्।

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण

बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले