नगरमै अचार उत्पादनमा जोड दिँदै दमक ५ को आत्मनिर्भरताको प्रयास

दमक, फागुन २०
हामीलाई चटनीका रुपमा खानामा अचारको स्वादले रौनकता प्रदान गर्छ । खानामा चाँही स्वाद चाहिने तर उत्पादन गर्न भनें अल्छि गर्ने प्रवृत्ति छ । कृषि प्रधान देश नेपालमा अचार समेत विदेशबाट भित्रिने विडम्बना छ । करेसाबारी तथा खेतबारीमा अचार निर्माणकालागि आवश्यक कृषिजन्य बस्तुको उत्पादनको त्यस्तो समस्या छैन । तर मात्र जाँगरको कमि छ ।

 

यही कुरालाई दृष्टिगत गरी झापाको दमक ५ नम्बर वडा कार्यालयले कम्तिमा पनि वडाबासीले आफ्‌नै स्रोत र साधन व्यवस्थापन गरेर अचार उत्पादन गर्दै आत्मनिर्भरतातर्फ उन्मुख हुने सन्देश दिन अचार बनाउने तालिम राख्यो । महिलाहरुकालागि अचारसँगै आलु चिप्सको समेत गरी ५ दिने तालिम सम्पन्न गरेको छ ।

 

कार्यक्रममा बोल्दै दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले महिलाहरु आत्मनिर्भर बन्न थोरै लगानीमा पनि गर्न सकिने यसखाले कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले बजारमा अचारको माग रहेको अवस्थामा अर्गानिक प्रकारको अचार उत्पादन गर्नु आवश्यक रहेको कुरामा जोड दिनु भयो ।
तालिमपछि सहभागिलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा बोल्दै दमक ५ का अध्यक्ष इन्द्रबहादुर गुरुङले स्थानीयको माग अनुसार यसखाले तालिमको आयोजना गरिएको प्रष्ट्याउनु भयो ।

 

 

वडा सदस्य शोभा बेलबासेले आफूले पाएको सीपलाई सदुपयोग गरी आत्मनिर्भर रोजगारमूलक बन्न प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो ।
तालिममा सहभागिहरुले पनि आफूहरुले अचार बनाउने सीप सिक्न पाएकोमा खुसी व्यक्त गरेका छन् । अचार बनाउने कुरामा आफूहरु लागिपर्ने प्रशिक्षार्थीमध्येकी विन्दा कट्टेल र सजना भट्टराईले धारणा राख्नुभयो ।

 

अर्ल इलेक्ट्रोनिक्स एण्ड टेक्निकल इन्स्टिच्यूट इटहरी सुनसरीको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इटहरीमा विद्युत् प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

इटहरी ,१८ भदौ । विद्युत् जडानका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गरिरहेका नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव अख्तियारको फन्दामा परेका छन्।

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण

बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले