सानो प्रयास युवा समाजद्वारा मानव उद्धार सेवा आश्रमलाई खाद्यान्न

दमक, फागुन २४
दमकस्थित सानो प्रयास युवा समाजले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दमक २ मा रहेको मानव उद्धार सेवा आश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ ।

 

समाजसेवाको क्षेत्रमा निरन्तर सक्रिय रहेको संस्थाले आश्रयविहीन तथा सहयोगापेक्षी व्यक्तिहरूलाई आश्रय दिइरहेको सो आश्रममा ५० हजार रुपैयाँ बराबरको खाद्य सामग्री तथा अन्य आवश्यक सामग्री प्रदान गरेको हो ।

 

कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य तथा संस्थाका सल्लाहकार समिति संयोजक दीपक कार्की रहनु भएको थियो । कार्यक्रममा बोल्दै सभासद कार्कीले समाजसेवा केवल राज्यको जिम्मेवारीमा मात्र सीमित नरहने उल्लेख गर्दै हरेक नागरिकले आफ्‌नो ठाउँबाट सक्दो योगदान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले मानव सेवाका कार्यहरूमा सबैले हातेमालो गर्नुपर्ने बताउँदै सानो प्रयास युवा समाजको पहललाई प्रेरणादायी कार्यको रूपमा व्याख्या गर्नुभयो ।

 

विशिष्ट अतिथिका रूपमा दमक २ का वडा अध्यक्ष प्रजापति सापकोटा, दमक २ का वडा सदस्य ललितबहादुर बिक, दमक ५ का वडा सदस्य शोभा खतिवडा बेलबासे लगायतको उपस्थिति रहेको थियो ।

 

सहयोगका क्रममा २५ केजीका दरले १९ बोरा चामल, भुजा, दुई बेरा सोयाबिन, १५ केजी दाल, दन्तमञ्जन, खाने तेल, ब्रस, २० थान थाल, ३० थान गिलास तथा ३५ थान झुल आश्रमलाई प्रदान गरिएको संस्थाका अध्यक्ष छवि खतिवडाले जानकारी दिनुभयो । स्थानीय समुदायकालागि निरन्तर सामाजिक कार्य गर्दै आएको सानो प्रयास युवा समाजले यसअघि पनि विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री वितरण, कोभिड महामारीको समयमा खाद्यान्न वितरण तथा हालै मात्र एम्बुलेन्स खरिद गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य गरिसकेको छ ।

 

सोही अवसरमा संस्थाका अध्यक्ष खतिवडाले यस्ता कार्यहरूलाई राजनीतिको चश्माबाट हेर्न नहुने बताउँदै संस्थाले निष्पक्ष रूपमा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाको सो अभियानमा डाक्टर मनोज शाह, ब्रोडवे क्याफे, विकास शाह, सुरज श्रेष्ठ लगायतका शुभचिन्तकहरूको सहयोग प्राप्त भएको थियो ।

 

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको मानव उद्धार सेवा आश्रमले दमक–२ मा आश्रयविहीन, असहाय तथा सहयोगापेक्षी व्यक्तिहरूलाई संरक्षण तथा पुनःस्थापनाको कार्य गर्दै आएको छ । यो संस्थामा विभिन्न कारणले सडकमा बाँच्न बाध्य भएका व्यक्तिहरूलाई सुरक्षित बसोबासको व्यवस्था मिलाएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इटहरीमा विद्युत् प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

इटहरी ,१८ भदौ । विद्युत् जडानका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गरिरहेका नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव अख्तियारको फन्दामा परेका छन्।

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण

बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले