पथरी शनिश्चरेमा खानेपानी मन्त्रीद्वारा खानेपानी आयोजनाको शिलान्यास

पथरी, फागुन २४
मोरङको पथरी शनिश्चरे वडा नं २ मा रहेको पथरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बोक्रेचोकस्थित जलवायु अनुकूलित खानेपानी आयोजनाको शिलान्यास भएको छ ।

 

शनिबार संघीय खानेपानी तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।
शिलान्यास गर्नुहुदै मन्त्री यादवले भन्नुभयो “पथरी शनिश्चरे नगरपालिकाको खानेपानी समस्या समाधानका लागि पहिलो चरणमा नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयबाट ३५ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । नागरिकलाई घर घरमा स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउने सरकारको दायित्वमा सोको लागि आफूले सक्दो प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ ।’

 

 

यसैगरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले पथरी शनिश्चरे नगरपालिका क्षेत्रका स्वच्छ खानेपानी उपलब्ध गराउन संघीय मन्त्रालय र विभागले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

 

सोही अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले यस आयोजनाले नगरपालिकाका ७ वटा वडाहरुका नागरिकहरूले स्वच्छ खानेपानी उपभोग गर्न पाउनुहुने जनाउनु भयो ।

 

पथरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष जयराम बिष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन कोशी प्रदेश आयोजना प्रमुख सुखलाल चौधरी, वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ्ग राई, वडा नम्बर ३ का वडाध्यक्ष विजय लिम्बु, अन्य वडाका जनप्रतिनिधिहरू तथा राजनीतिक दलका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । सो खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि नगरभित्रका वडा नम्बर १, २, ३ ,५, ६, ७ र १० लाई शुद्ध खानेपानी उपलब्ध हुने बताइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको