पथरी, फागुन २५
मोरङको पथरी शनिश्चरे १ स्थित पञ्चायत माविमा स्काउट सदस्यहरुकालागि दीक्षान्त समारोहको उद्घाटन भएको छ ।
पञ्चायत र सुुनाखरी माविमा स्काउट सदस्यहरुकालागि संयुक्त रुपमा दीक्षान्त समारोहको आयोजजा गरी दीक्षित गरिने भएको छ । पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा पथरी शनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि काफ्ले सहितका अतिथिहरुले नेपालको झण्डा र स्काउटको झण्डोतोलन गरिएको थियो ।
कार्यक्रममा नगर स्काउटको सदस्य सचिवसमेत रहनुभएका शिक्षा विभाग प्रमुख नवीन खुलाल, १ नम्बर वडा अध्यक्ष भीमकुमार राई, पेशागत संगठनहरुको तर्फबाट भरतबहादुर खड्का, प्रधानाध्यापकहरुको तर्फबाट हिरक निमाविका प्रधानाध्यापक कविता तिम्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनको तर्फबाट नगर उपाध्यक्ष रीता धिमाल, अखिल नेपाल शिक्षक संगठनको तर्फबाट तुलसी भट्टराई लगायतको उपस्थिति थियो ।
स्काउट पथरीशनिश्चरे नगरको प्रमुख आयुक्त रोशन बुढाथोकीको कमाण्डमा भएको दीक्षान्त समारोह पञ्चायत माविमा साहसिक खेल ‘जिपाइन’ समेत खेलाइएको छ ।
स्काउटले तयार पारेको जिपलाइन खेल अतिथिहरु नवीन खुलाल बुढाथोकी, भीमकुमार राई, सञ्चारकर्मी अर्जुन जम्नेली राई र स्काउट सदस्यहरुलाई खेलाइएको थियो । उद्घाटनपछि जिपलइन खेल, खेलाउनुको साथै राति क्याम फायर लगायतको विभिन्न सांस्कृतिक नृत्य तथा अन्य मनोरञ्नात्मक प्रस्तुति प्रस्तुत भए ।
यसअघि ९ नम्बर वडाको सिंहबाहिनी माविमा पनि दुई दिने स्काउट दीक्षान्त कार्यक्रम सम्पन्न भएको थियो ।









