बारिस्ता सिकेर जागिरे बन्न इच्छुक छन् युवाहरु

दमक, फागुन २६
दमक नगर क्षेत्रमा युवाहरुलाई स्वरोजगार बनाउने प्रकारका निःशुल्क तालिमहरु वडा वडामा अघि बढाइएका छन् । यसमा कफि बनाउने बारिस्ता तालिममा युवाहरुको रुची बढेको छ । यसक्रममा दमकका केही वडाले बारिस्ता तालिम सञ्चालन गरेका छन् । वडा नम्बर ५ ले त लगातार २ वर्षदेखि बारिस्ता तालिम सञ्चालन गरेर सो क्षेत्रमा इच्छुक युवाहरुलाई सीपयुक्त बनाएको छ ।

 

गत वर्ष बारिस्ता तालिमको अवसर प्रदान गर्दा ७० जना तालिममा सहभागि भए । उनीहरु धेरैजसो बारिस्ताको जनशक्तिका रुपमा विदेशमा र केही स्वदेशमा राम्रै कमाई गरिरहेको बुझेर यो वर्ष पनि सोही तालिम सञ्चालन गरिएको ५ नम्बर वडाध्यक्ष इन्द्रबहादुर गुरुङको भनाई छ ।

 

स्थानीय चन्द्रसूर्य सीप विकास संस्थाको प्राविधिक सहयोगमा सञ्चालित तालिमका प्रशिक्षक आकाश खड्काले बारिस्ता तालिमले जागिरखाने अवसरको ढोका खोल्ने गरेको जनाउनु भयो ।

 

१५ दिने तालिममा सहभागिहरुले आफूहरुले सिकेको तालिमबाट केही गर्न सकिने उत्साह बढेको प्रशिक्षार्थी अस्मिता खड्का कुमाल, विभिषा महतसहितले बताउनु भयो ।
वडाले १ लाख ५० हजार रुपैयाँको बजेटमा ४५ जनाकालागि तालिम सम्पन्न गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इटहरीमा विद्युत् प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

इटहरी ,१८ भदौ । विद्युत् जडानका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गरिरहेका नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव अख्तियारको फन्दामा परेका छन्।

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण

बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले