चैते धानको समर्थन मूल्य क्विन्टलमा १ सय रुपैयाँ बढाइयो !

दमक, फागुन २७
सरकारले यो वर्ष गत वर्षको तुलनामा क्विन्टलमा करिब एक सय रुपैयाँ बढी चैते धानको मूल्य निर्धारण गरेको छ ।

 

 

चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हो । गत आर्थिक वर्ष ०८०/८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा निर्धारण गरिएको थियो । अर्थात् गत वर्षको तुलनामा प्रतिप्रतिक्विन्टल ९३.४१ रुपैयाँ वृद्धि भएको छ ।

 

 

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा मूल्य कायम गरिन्छ ।

 

न्यूनतम मूल्यका लागि कृषकको उत्पादन लागत, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश र पालिकाको तथ्यांक, मिलसम्म लैजाने ढुवानी र केही प्रतिशत मुनाफासहित राखेर मूल्य तोकिने गरेको हुन्छ ।

 

मुलुकभर चैते धान रोपाइँको चटारो केही दिनमा सुरु हुँदैछ । न्यूनतम समर्थन मूल्य बाली लगाउनुअघि नै निर्धारण गरिनुपर्छ ।

 

चैते धान उठाउने बेलामा वर्षा हुने भएकाले धान जोगाएर राख्न समस्या पर्छ । यसर्थ चैते धानको खरिदमा सरकारले सघाउनु पर्ने किसानहरुको अवाज छ ।

 

२ लाख हेक्टरमा चैते धान
नेपालमा २ लाख हेक्टर हराहारीमा चैतै धान खेती गरिन्छ । यहाँबाट करिब ५ लाख मेट्रिक टन उत्पादन हुने गरेको छ । चालु आर्थिक वर्ष ०८१/८२ मा १ लाख ९ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदा ५ लाख ४४ हजार मेट धान उत्पादन भएको छ ।
गत अवमा १ लाख ४ हजार क्षेत्रफलमा खेती हुँदा ५ लाख २० हजार मेट धान उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ । यस्तै अघिल्लो अवमा १ लाख ८ हजार हेक्टरमा चैते धान रोपाइँ गरी ५ लाख ४४ हजार मेट्रिक टन उत्पादन भएको उल्लेख छ । कृषि मन्त्रालयले उल्लेख गरेको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इटहरीमा विद्युत् प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

इटहरी ,१८ भदौ । विद्युत् जडानका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गरिरहेका नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव अख्तियारको फन्दामा परेका छन्।

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण

बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले