झापामा १२१ सीमा स्तम्भ गायब, स्तम्भ नहुँदा भारतीय पक्षद्वारा ज्यादती बढ्यो

 

 

 

झापा । भारतसँग सीमा जोडिएको झापा क्षेत्रका मात्र १ सय २१ वटा नेपाल–भारत सीमास्तम्भ गायब भएका छन् । भारतसँग सिमाना जोडिएको १ सय ४२ किलोमिटर क्षेत्रमा रहेका ९ सय ८८ सीमा स्तम्भमध्ये ३ वटा जङ्गे पिल्लरसहित १ सय २१ वटा पिल्लर हराएका हुन् । झापाका पूर्वप्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना भन्छन्, ‘मेरो पालामा नै दुईवटा बर्खामा १२ र १९  वटा पिल्लर खोलाले बगायो भन्ने सूचना आएको थियो तर, यसलाई पुनः सोही ठाउँमा गाड्न सकिएन ।’

हराएकामध्ये साना १ सय १० वटा, सहायक स्तम्भ ८ वटा र जङ्गे पिल्लर ३ वटा छन् । झापा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार हराएका सीमास्तम्भको विषयमा गृह मन्त्रालयलाई लिखित जानकारी गराइसकिएको छ । प्रजिअ रिजालले भने, ‘कोभिड नियन्त्रण र रोकथाममा सबै जनशक्ति लागेका कारण ढिला भएको हुनसक्छ । म भर्खरै झापा आएको छु । अब यो विषयमा गम्भीर भएर लाग्नेछु ।’

भारतको पश्चिम बङ्गाल र विहारसँग सिमाना जोडिएका क्षेत्रका सीमा स्तम्भहरू केही मेची नदीले बगाएको र कतिपय भारतीय सुरक्षा फौजले नै गायब गरेको स्थानीयको भनाइ छ । कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलम पनि भारतीय पक्षको ज्यादतीका कारण सयौं बिघा नेपालको जमिन भारतले कब्जा गरेको तर, धनीपुर्जा नेपालीसँग भएकाले समस्या उत्पन्न भएको बताउँछन् । उनी भन्छन्, ‘यहाँका सीमा स्तम्भहरू रातारात हराए तर, कसले उखेल्यो भन्ने थाहा छैन, कतिपय त खोलाले नै बगाएर लग्यो ।’

नेपाली बस्तीलाई बाढीको जोखिमबाट बचाउनका लागि आफूहरूले तटबन्ध बनाउन खोज्दासमेत भारतीय सुरक्षाकर्मी र स्थानीय अधिकारीले रोकेको उनी गुनासो गर्छन् । ‘उनीहरूले यो हाम्रो भूमि हो भने तर, त्यहाँका सीमा स्तम्भहरू हराए पनि हामीले पुराना प्रमाणहरू देखाएपछि मात्र तटबन्ध गर्न दिए’ अध्यक्ष आलमले भने, ‘हराएका पिल्लर नहुँदा हामीलाई धेरै समस्या भएको छ ।’

उता मेचीनगर नगरपालिकाले समेत हराएका सीमा स्तम्भको विषयमा मन्त्रालयलाई जानकारी गराएको जनाएको छ । नगरप्रमुख विमल आचार्यका अनुसार सीमा स्तम्भ हराउँदा समस्या उत्पन्न भएको छ । उनले भने, ‘स्थानीयवासी आक्रोसमा छन्, कोभिडका कारण दुई देशको बैठक बस्न नपाएर मर्मत सम्भार र निर्माण गर्न नपाएको भनिएको छ । यो सरासर गलत हो ।’ यसले भोलि झनै ठूलो समस्या निम्त्याउने भएकाले सरकारले तुरुन्त सीमा स्तभको खोजी गरी पुनस्र्थापना गर्नुपर्ने उनको भनाइ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा