गत वर्षको ६ अर्ब ३० करोड रोयल्टी यो वर्ष बाँढफाँट गरिँदै

दमक, चैत ६
आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ७२ करोड रूपैयाँ बराबरको रोयल्टी संकलन भएकोमध्ये ६ अर्ब ३० करोड रूपैयाँ यो वर्ष सम्बन्धित प्रदेश र स्थानीय तहकालागि बाँढफाँट गरिने भएको छ ।

 

संघीय विभाज्य कोषमा जम्मा भएको गत वर्षको सो रोयल्टी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिसको आधारमा महालेखा नियन्त्रकको कार्यालयले बाँडफाँट गर्न लागेको हो ।

 

अहिले पर्वतारोहण, विद्युत, संरक्षित क्षेत्र, राष्ट्रिय वन, खानी तथा खनिज र अन्य प्राकृतिक स्रोतबाट रोयल्टी उठाउने गरिएको छ । यस्तो रोयल्टीमा ५० प्रतिशत संघीय सरकारले प्राप्त गर्छ भने २५/२५ प्रतिशत प्रदेश र स्थानीय तहले प्राप्त गर्छन् ।

 

वित्त आयोगले गरेको सूत्र तथा सिफारिसको आधारमा कुन प्रदेशले कति रोयल्टी पाउने अंक टुंग्याइएको उल्लेख छ । तर, आगामी वर्षदेखि हुने बाँडफाँटमा भने प्रतिशतको हिस्सा परिवर्तन गरिने छ ।

 

केही राजस्व रकम भुलबस गलत शीर्षकमा दाखिला भएको वा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको बाँडफाँट सूत्रमा नपरेकोले ती रकमहरू बाँडफाँट नगरी संघीय राजस्व अनुदान वा अन्य प्राप्ति खातामा जम्मा गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण

बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहायताले राहत

काठमाडौं ,१८ भदौ। गत साता आएको विनाशकारी आकस्मिक बाढी र पहिरोपछि भारत, चीन, जापान, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न देशबाट नेपालमा अन्तर्राष्ट्रिय सहायता आइरहेको छ।