हसन्दहमा मकै खेती क्षेत्र विस्तार विशेष अनुदान कार्यक्रम

पथरी, चैत ६
पथरी शनिश्चरे नगरपालिकाको हसन्दह क्षेत्रमा पर्ने ६ नम्बर वडामा हिँउदे मकै खेती क्षेत्र विस्तार गर्दै अनुदान अन्तर्गत कृषि यन्त्र उपकरण प्रदान प्रदान गरिने भएको छ ।

 

यसक्रममा उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देवीमाया काफ्लेको संयोजकत्वमा हिउँदे मकै खेती क्षेत्र विस्तार विशेष अनुदान र ५०% अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमको अनुगमन गरिएको छ ।

 

कृषि विकास शाखामा मकै रोप्नका लागि कृषि शाखाबाट अनुदान रकम प्राप्त गर्नका लागि निवेदन पेश गरेका कृषकहरुको हिउँदे मकै खेती क्षेत्र विस्तार र ५०% अनुदानमा कृषि यन्त्र उपकरण वितरणको लागि अनुगमन गरिएको हो ।

 

उन्नत जातको मकै रोप्ने किसानहरुलाई आर्थिक सहयोगसँगै व्यवस्थित पशुपालन, कृषि गर्नुहुने कृषकहरुलाई च्याप कटर, मिनी ट्रिलर, कम्बाईन मिल, मकै रोप्ने मेसिन नगरपालिकाद्वारा वितरणका लागि परेको निवेदनका आधारमा संयोजक काफ्ले सहित वडा नम्बर ८ का वडाध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक उद्धवराज बस्नेत, नगरका योजना शाखा प्रमुख एवम् सूचना अधिकारी शिवकुमार राई, ६ का वडा सदस्य विष्णुकुमार लिम्बु, नगरका कर्मचारी टीका राई लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण

बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहायताले राहत

काठमाडौं ,१८ भदौ। गत साता आएको विनाशकारी आकस्मिक बाढी र पहिरोपछि भारत, चीन, जापान, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न देशबाट नेपालमा अन्तर्राष्ट्रिय सहायता आइरहेको छ।