दमक, चैत्र ७
केही दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको अवस्थामा आज बिहीबार भने सुनको मूल्य स्थिर छ ।
मंगलबारदेखि उच्च मूल्य रेकर्ड बनाइरहेको सुन आज भने प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । चाँदी तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ४५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३० रुपैयाँमा झरेको छ ।









