ड्राइभिङ तालिमकै अवधिमा धमाधम बनाइरहेछन् लाइसेन्स

दमक, चैत ७
झापाको दमक नगरपालिका वडा नम्बर १ ले युवाहरुकालागि प्रविधिसँग जोडिएको ड्राइभिङ तालिम अघि बढाएपछि युवाहरु उत्साहित बनेका छन् ।

 

३० दिने तालिमको अवधिमा सहभागि २९ जनामध्ये ८ जनाले त ड्राइभिङ लाइसेन्स बनाइसकेका छन् । तालिम बिहिबार सम्पन्न भएको छ । सो सन्दर्भमा बोल्दै वडाअध्यक्ष हरिप्रसाद न्यौपानेले तालिमलाई स्वदेशमै उपयोग गरेर आयआर्जन गर्नकालागि वडाले यसखाले कार्यक्रम बनाएको जनाउनु भयो ।
कार्यक्रममा वडा सदस्य रघुवीर बुढाथोकीले पनि तालिमको भरपुर सदुपयोग गर्न अनुरोध गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

 

तालिम प्रदान गर्ने प्राविधिक संस्था दमक ड्राइभिङ ट्रेनिङ सेन्टर तथा पाथीभरा कुलिनरी आर्टका सञ्चालक धनबहादुर सुब्बाले तालिमलाई सकभर स्वदेशमै सदुपयोग गरेर रोजगार बन्न उत्प्रेरित गर्नुभयो ।

 

तालिममा सहभागिहरु क्षितिज न्यौपाने, वन्दना निरौलासहितले पनि सिकाइले उपलब्धी हाँसिल गर्ने आशा व्यक्त गर्नुभएको छ ।

 

तालिम समापनका अवसरमा सहभागिलाई प्रमाणपत्र वितरण गरिएको छ । तालिममा वडा कार्यालयको २ लाख ५० हजार रुपैयाँ बजेट छुट्याइएको थियो ।

 

https://www.facebook.com/share/v/16CiQm5fHJ/

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण

बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहायताले राहत

काठमाडौं ,१८ भदौ। गत साता आएको विनाशकारी आकस्मिक बाढी र पहिरोपछि भारत, चीन, जापान, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न देशबाट नेपालमा अन्तर्राष्ट्रिय सहायता आइरहेको छ।