दुर्घटना

दुर्घटनामा मृत्यु भएकाहरुको ४ लाख रुपैयाँ नगद र सुनको औँठी गायब

 

 

 

इलामको रोङ गाउँपालिका–४ पहिरोमा जिप दुर्घटनामा मृत्यु भएकाहरुको नगद र सुन हराएको छ ।

दुर्घटनामा ज्यान गुमाएका झापाको मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको साथमा रहेको करिब ४ लाख रुपैयाँ नगद र आधा तोलाको सुनको औँठी हराएको हो ।

मृतकका भाइ मनोजकुमार थापाका अनुसार इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर बिक्री गर्ने थापा दाजुभाइले दुर्घटना भएको दिन जिप लिएर इलामतर्फ जाँदै थिए ।

‘खसीबाख्रा किन्न उहाँहरुले नगद लिएर जानु भएको थियो, घटनास्थलमा हामी पुग्दा प्रहरी र स्थानीय आइसकेका थिए’ उनले भने, ‘दाजुको साथमा रहेको करिब चार लाख रुपैयाँ र औंठी त्यहाँ थिएन ।’

उनका अनुसार थापा दाजुभाइ १२ माघमा बिहान ४ बजे खसी किन्न इलामतिर गएका थिए । ‘परिवारलाई ५: ५५ बजे दुर्घटना भएको खबर भयो, लगत्तै त्यहाँ गएका थियौ’ उनले भने, ‘यस विषयमा प्रहरी र जनप्रतिनिधिलाई पनि खबर गराएका छौं ।’

मृतकका छिमेकी अर्जुन कार्कीले पनि प्रहरीलाई यस विषयमा जानकारी गराएको बताए । उनले भने, ‘यस्तो संवेदनशील अवस्थामा चोरी गर्नेलाई प्रहरीले तत्काल कानूनी दायरामा ल्याउनुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय, इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले पीडितले दिएको सूचनाको आधारमा हराएको भनिएको नगद र सुनको खोजी भइरहेको बताए । ‘प्रहरी पुग्दा स्थानीय जम्मा भइसकेका थिए, पीडितले खबर गर्नुभएपछि सोधपुछ गरिरहेका छौं’ उनले अनलाइनखबरसँग भने, ‘यो विषयमा संवेदनशील भएर अनुसन्धान गरिरहेका छौं ।’

घटनामा जिप चालक ३३ वर्षीय अर्जुन कोइराला घाइते छन् । उनको बिर्तामोडको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार जिप अनियन्त्रित भएर ५ सय मिटर तल खसेको थियो । दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर