मन्त्रालय टुक्र्याउने सरकारको निर्णय

p1-1

 

 

विराटनगर । प्रदेश १ सरकार गठन भएको ३ महिना पूरा भएको छ । तीन महिना बितिसक्दा पनि सरकारले गति लिन सकेको छैन । भएका मन्त्रालयहरू पनि खाली नै छन् । गठबन्धन दलहरूभित्र कुरा नमिल्दा सरकारका काम कारबाही प्रभावकारी नदेखिएको हो ।

सरकारले गर्ने गतिविधिहरू नै नदेखिएकोले सरकार छ छैन ? भन्ने नै नागरिकले अनुभूत गर्न नपाएको गुनासो सत्ता पक्षीय गठबन्धन दलका नेताहरू नै बताउन थालेका छन् । यही बिचमा सरकारले मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश १ को मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधनसहित पारित गरेको भएपनि सार्वजनिक गरेन ।

अन्य विभिन्न निर्णयहरू सार्वजनिक गरेको भएपनि मन्त्रिपरिषद् कार्य विभाजन नियमावली पारित गरेको बारेमा जानकारी दिइएन । सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गरेको भएपनि मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन गर्ने निर्णय सार्वजनिक गरेनन् ।

सरकारले सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्र्याउने तयारी गरेको छ । यी मन्त्रालयहरू टुक्र्याएर मन्त्रालय र मन्त्रीहरू थप गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले बताएको छ । अहिले मुख्यमन्त्री कार्यालय सहित ७ वटा मन्त्रालयहरू रहेकोमा कार्य विभाजन नियमावली संशोधन गरेर ५ वटा मन्त्रालय थप गर्ने निर्णय भएको छ ।

अब प्रदेश १ मा १२ वटा मन्त्रालयहरू हुनेछन् । मन्त्रालय स्रोतका अनुसार केही दिनभित्रै संशोधित नियमावलीमा भएको व्यवस्था अनुसार मन्त्रिपरिषद् बिस्तारको तयारी भइरहेको छ । कार्य विभाजन सम्बन्धमा सम्पूर्ण अधिकार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई जिम्मेवारी दिएको भन्दै अन्य मन्त्रीहरू यस बारेमा स्पष्ट बोल्न चाहँदैनन् ।

नागरिकबाट आलोचित हुने डरले कार्य विभाजनको जिम्मेवारी आङ्बोलाई दिइएको छ । त्यस्तै प्रदेशका संरचना निर्माणको लागि जग्गा व्यवस्थापनको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र प्रदेशको नामाकरण टुङ्गो लगाउन सहजीकरण तथा समन्वय गर्ने जिम्मा सामाजिक विकास मन्त्री जयराम यादवलाई दिइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत