मूल्य वृद्धि

दुधको मूल्य तत्काल बढाउन किसानको माग  

 

चितवन : चितवनका किसानले दुधको तत्काल मूल्य बढाउन माग गरेका छन्। उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आइतबार पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो। दुधको मूल्यमा प्रतिलिटर १५ देखि २० रूपैयाँसम्म बढाउनुपर्ने उनीहरुको माग छ।

संघका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए। सरकारले एक लिटरमा १० रूपैयाँ मूल्य बढाएर किसानलाई सात र डेरी उद्योगीलाई तीन रूपैयाँ दिने तयारी गरेको बताइएको छ।

उनका अनुसार हाल दुधको मूल्य किसानले सरदर लिटरमा  ५२.५० पर्ने गरेको छ। पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने अध्यक्ष न्यौपानेले बताए।

‘दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर ६३ रूपैयाँ किसानको पर्ने गरेको छ‚’ उनले भने‚ ‘त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ।’ सरकारले तीन वर्षदेखि दुधको मूल्य बढाएको छैन।

हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन्। यसबाट दैनिक दुई लाख ९० हजार लिटर दुध उत्पादन हुँदै आएको छ। ४३ प्रतिशत दुध बाहिरी जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने सङ्घले जनाएको छ। संघले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य बस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं,६ असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाह

आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ , सांसद शाक्य

काठमाडौं,६ असोज । नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाबारे गृहमन्त्रीले तत्काल संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग