मूल्य वृद्धि

दुधको मूल्य तत्काल बढाउन किसानको माग  

milk-price-hike_TtQAVCAY0K

 

चितवन : चितवनका किसानले दुधको तत्काल मूल्य बढाउन माग गरेका छन्। उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आइतबार पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो। दुधको मूल्यमा प्रतिलिटर १५ देखि २० रूपैयाँसम्म बढाउनुपर्ने उनीहरुको माग छ।

संघका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए। सरकारले एक लिटरमा १० रूपैयाँ मूल्य बढाएर किसानलाई सात र डेरी उद्योगीलाई तीन रूपैयाँ दिने तयारी गरेको बताइएको छ।

उनका अनुसार हाल दुधको मूल्य किसानले सरदर लिटरमा  ५२.५० पर्ने गरेको छ। पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने अध्यक्ष न्यौपानेले बताए।

‘दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर ६३ रूपैयाँ किसानको पर्ने गरेको छ‚’ उनले भने‚ ‘त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ।’ सरकारले तीन वर्षदेखि दुधको मूल्य बढाएको छैन।

हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन्। यसबाट दैनिक दुई लाख ९० हजार लिटर दुध उत्पादन हुँदै आएको छ। ४३ प्रतिशत दुध बाहिरी जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने सङ्घले जनाएको छ। संघले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य बस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन