अनुशीलन

शान्ति गुञ्जाउने गीतसंगीतका ऐतिहासिक सर्जक विशाल राई

०४४ मा आफ्‌नै शव्द संकलनको ‘जहाजी छायाँ’ बोलको गीतबाट रेडियो नेपालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम बनेपछि उहाँको रेडियो नेपालतर्फको यात्रा अघि बढ्यो ।

दमक, चैत १६
बि.सं. २०३६ को स्वतन्त्रताको राजनीतिक आन्दोलनको प्रभावबाट गायन क्षेत्रमा प्रवेश गर्नुभएका टंकबहादुर अर्थात विशाल राई जनवादी र लोकगीत संगीतको क्षेत्रमा महत्वपूर्ण र ऐतिहासिक काममा निरन्तर लागिरहनु भएको छ ।

शरणकुमार र नीरकुमारीको सन्तानका रुपमा २०१७ माघ २२ गते पाँचथरको तात्कालिन लिम्बा गाउँपञ्चायत वडा नम्बर ७ लेखगाउँमा जन्मिनु भएका विशाल जीवनमा निकै संघर्ष गरेर विशाल हृदयको प्रतिकका रुपमा आफूलाई स्थापित बनाउन सफल बन्नु भएको छ ।

पारिवारिक विछोडको रोदनको अवस्थामा मन भुलाउन सानै उमेरदेखि उहाँको कोमल मनले गीत रोजेको थियो । ०३४ सालबाट पढ्नकालागि मोरङको मधुमल्ला झर्नुभएपछि जनवादी गायक जेवी टुहुरे, लब प्रधानहरुसँग सम्पर्क भयो र गीत संगीतमा गहिरोगरी लाग्नु भयो ।
०४४ मा आफ्‌नै शव्द संकलनको ‘जहाजी छायाँ’ बोलको गीतबाट रेडियो नेपालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम बनेपछि उहाँको रेडियो नेपालतर्फको यात्रा अघि बढ्यो । सो वर्षदेखि काठमाडौंमै रहेर गीतसंगीतमा स्थापित हुन संघर्ष थाल्नु भयो । नभन्दै रेडियोमा उहाँका ३१ वटा गीत रेकर्ड हुन पाए । त्यो बेला यसबेला जस्तो गीतसंगीतकता व्यवसायिकता भइनसकेको अवस्थाले नाम भएपनि दामको अवस्थालाई ध्यान दिएर ०५१ सालमा मधुमल्ला घर फर्किनु भयो ।

०५३ मा उर्लाबारीमा लोकबाबु शाक्य, लाखमान योञ्जन र कृष्ण योञ्जनसँग मिलेर विहानी कलाकेन्द्र स्थापना गर्नुभयो । त्यहाँबाट थालिएको गीत संगीत प्रशिक्षणको कामले आज पनि निरन्तरता पाइरहेको छ । उर्लाबारीपछि मधुमल्लामै सिकाईको काम अघि बढाउनु भयो । दमकमा पनि त्यसको शाखा छ । मधुमल्लालाई नै कर्मभूमि बनाएर संगीत प्रशिक्षकका रुपमा पूर्वका गाउँवस्तीमा पुगेर सयौं सर्जकहरु उत्पादन गरिसक्नु भएको छ । विद्यालयमा संगीत शिक्षकका रुपमा व्यस्त बन्न पाउँनु भएको छ । अनि पूर्वका गीत संगीतका प्रतियोगितामा निर्णायकका रुपमा उहाँकै अगुवाई रहन्छ ।
नेपाली राजनीतिको जागरण ल्याउने गीत संगीत रहेको गर्भिलो विषयमा दृढ रहनु भएका उहाँका हालसम्म ४ वटा गीति एल्बम बजारमा आएका छन् । अनि हालसम्म २ सयको हाराहारीमा गीत रेकर्ड भएका छन् । ०४८ सालमा पहिलो एल्बमका रुपमा मीना प्रसाईसँगको गायनमा राई, लिम्बू र मगर भाषाको ‘किराती संगालो’ बजारमा आयो । ०४९ मा कल्पना बानु राईसँगको गायनमा ‘पिरतीको भाका’, ०५० मा कल्पना बानु, पुष्पराज बरालसहितसँग ‘माया हजूर’ र ०५४ मा ‘रमझम’ एल्बम निस्कियो ।

छोरा युगेश र छोरी सायरा नृत्यमा अब्बल छन् । श्रीमती रमादेवीको समेत गीत संगीत क्षेत्रमा रुची रहेकाले पारिवारिक माहोलले सृजना क्षेत्रको विस्तारमा होस्टेमा हैंसे गरिरहेको छ । अर्थात गीतसंगीतबाट शान्ति गुञ्जाउने वातावरण बनेको छ । यही अवस्थामाझ उहाँले धरान जेसीज, पूर्वाञ्चल बागीना कला केन्द्र धरान, लव ओली स्मृति ग्रन्थ प्रकाशन समिति झापा, नेपाली साहित्य समाज उर्लाबारी, नमूना युवा क्लब रवि, रिलायन्स बोर्डिङ स्कुल मधुमल्लासहित दर्जनौं सम्मान तथा बुंगवाखा पञ्चकुमारी संगीत पुरस्कारसहित दर्जनौं पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँको सांगीतिक यात्राका बारेमा उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा भएको भलाकुसारी भिडियोमा प्रस्तुत छ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा