संघीय लोकतान्त्रिक गणतन्त्र सर्वोत्तम प्रणाली हो : जसपा नेपाल

गणतन्त्रको विकल्प छैन । तर आफूलाई सच्याएर सुशासन, विकास, समृद्धिका लागि काम गरौं ।

काठमाडौं, चैत २० / जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्र सर्वोत्तम प्रणाली भएकाले यसको विकल्प नहुने बताउनु भएको छ ।

 

बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यसमा आ–आफ्नो विचार राख्न, सभा सङ्गठन गर्न, विरोध गर्न पाउने स्वतन्त्रता र अधिकार सबैका लागि समान हुने भन्दै यस प्रणालीमा सबै वादी अट्ने जनाउनु भयो ।

 

 

‘विगत तीन दशकदेखिको कांग्रेस र कम्युनिष्टहरुको शासनले जनतालाई प्रत्याभूति हुने गरी सुशासन, विकास, समृद्धिका लागि कार्य गर्न सकेन । जसबाट उत्पन्न भएको नैराश्यता र आक्रोशको अवस्थालाई उपयोग गरी प्रतिक्रान्तिकारी तथा प्रतिगामी शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई नै समाप्त पार्ने षड्यन्त्र गर्न लागेको देखियो,’ बस्नेतले भन्नुभयो । उहाँले दलहरुले आफूलाई सच्याएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

 

 

जनआन्दोलन, जनसङ्घर्ष र जनविद्रोहको माध्यमबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिका लागि सङ्घर्ष गर्नुपर्ने उहाँको धारणा छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति