नेपाली स्वाद

४० लाख लगानीमा खुल्यो ‘साउथ किङ रेष्ट्रो’

अहिले सबै युवा विदेश जाने र उतै पलायन हुने ट्रेण्ड’ बढे पनि भण्डारीले भने यहीँ सम्भावना देखेर पारिवारीक खाना तथा खाजा खाने रेष्टुरेण्ट खोल्नुभएकाे हाे ।

दमक, चैत्र २१- झापाको दमक–९ मा खडग भण्डारीले साउथ किङ रेष्टुरेण्ट सञ्चालनमा ल्याउनुभएको छ । ४० लाख रुपैँया लगानीमा सुरु भएको यो रेष्टुरेण्टको बिहीबार उद्घाटन गरिएको छ ।

सामान्य परिवारबाट संघर्ष गर्दै आफ्‌नो मिहनत र परिश्रमबाट आर्जित रकमलाई पुजीमा परिणत गरी उहाँले यो रेष्टुरेण्ट खोलेको प्रतिकृया दिनुभएको छ । ‘अहिले सबै यूवाहरु विदेश जाने र उतै पलायन हुने ट्रेण्ड’ बढे पनि भण्डारीले भने यही सम्भावना देखेर पारिवारिक खाना तथा खाजा खाने रेष्टुरेण्ट खोलेको बताउनुभयो ।

दमक ९ सरस्वती माध्यमिक  विद्यालय इटाभट्टाबाट दक्षिणातर्फ अमर चोकमा बिहीबारबाट सञ्चालनमा आएको यो रेष्टुरेण्टको दमक उद्योग वाणिज्य सघंका बरिष्ट उपाध्यक्ष राजु खड्काले उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि बोल्दै खड्काले भन्नुभयो –अहिलेको विषम परस्थितिमा समेत हिम्मत गरेर र सम्भावना देखेर खोलिएकाे यो रेष्टुरेण्टले सबैलाई फरक स्वाद दिएर सफलता पाउन सकोस्र ।

आकर्षक साजसजावटसहित शान्त र पारिवारीक वातावरण रहेको यो रेष्टुरेण्टले खासगरी नेपाली स्वादका सामान्य परिकारहरु बेच्ने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो