नेपाली स्वाद

४० लाख लगानीमा खुल्यो ‘साउथ किङ रेष्ट्रो’

अहिले सबै युवा विदेश जाने र उतै पलायन हुने ट्रेण्ड’ बढे पनि भण्डारीले भने यहीँ सम्भावना देखेर पारिवारीक खाना तथा खाजा खाने रेष्टुरेण्ट खोल्नुभएकाे हाे ।

दमक, चैत्र २१- झापाको दमक–९ मा खडग भण्डारीले साउथ किङ रेष्टुरेण्ट सञ्चालनमा ल्याउनुभएको छ । ४० लाख रुपैँया लगानीमा सुरु भएको यो रेष्टुरेण्टको बिहीबार उद्घाटन गरिएको छ ।

सामान्य परिवारबाट संघर्ष गर्दै आफ्‌नो मिहनत र परिश्रमबाट आर्जित रकमलाई पुजीमा परिणत गरी उहाँले यो रेष्टुरेण्ट खोलेको प्रतिकृया दिनुभएको छ । ‘अहिले सबै यूवाहरु विदेश जाने र उतै पलायन हुने ट्रेण्ड’ बढे पनि भण्डारीले भने यही सम्भावना देखेर पारिवारिक खाना तथा खाजा खाने रेष्टुरेण्ट खोलेको बताउनुभयो ।

दमक ९ सरस्वती माध्यमिक  विद्यालय इटाभट्टाबाट दक्षिणातर्फ अमर चोकमा बिहीबारबाट सञ्चालनमा आएको यो रेष्टुरेण्टको दमक उद्योग वाणिज्य सघंका बरिष्ट उपाध्यक्ष राजु खड्काले उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि बोल्दै खड्काले भन्नुभयो –अहिलेको विषम परस्थितिमा समेत हिम्मत गरेर र सम्भावना देखेर खोलिएकाे यो रेष्टुरेण्टले सबैलाई फरक स्वाद दिएर सफलता पाउन सकोस्र ।

आकर्षक साजसजावटसहित शान्त र पारिवारीक वातावरण रहेको यो रेष्टुरेण्टले खासगरी नेपाली स्वादका सामान्य परिकारहरु बेच्ने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति