दमक, चैत २२ / इलामको माई नगरपालिकास्थित शुक्रबारेबाट प्रहरीले लागुऔष कारोबारमा सम्लग्न एक नाबालिकासहित दुईजनालाई पक्राउ गरेको छ ।
माई नगरपालिका ४ शुक्रबारेमा लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी दानाबारी र जिल्ला प्रहरी कार्यालय इलामको बिशेष प्रहरी टोली खटिएको थियो ।
पैदलयात्री शुक्रबारे वस्ने अन्दाजी ४६ वर्षीय देउकुमार नेम्वाङ र एक बालिकालाई ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।









