सहकारी ठगी प्रकरण

रविलाई भैरहवा पुर्‍याइयो, सोमबार कारागार पठाइने

रवि विरुद्ध एकपछि अर्को ठगिको मुद्धा जोडिदै

दमक, २३ चैत / सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान रुपन्देहीको भैरहवा पुर्‍याइएको छ ।

 

लगातार पक्राउ पर्दै र धरौटीमा छुट्दै आएका लामिछानेलाई पुनः रुपन्देहीमा ठगीको मुद्धा परेपछि पक्राउ गरी त्यता पठाइएको हो । शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर शनिबार भैरहवा पठाइएको थियो । त्यसपछि रुपन्देहीस्थित भैरहवामा लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जनाउनु भयो । आइतबार विदा परेकाले लामिछानेलाई सोमबार अदालत खुलेपछि कारागार पठाउने बताउनु भयो ।

 

 

शुक्रबार नै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम बचत तथा सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गर्नुभएको थियो । लामिछाने विरुद्ध एकपछि अर्को ठगिको मुद्धा जोडिदै गएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सीमापार जल तथ्यांक र पारदर्शिता खुला गर्न चीनसँग अधिकारकर्मीको माग

काठमाडौं,१७ भदौ । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरण विद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जल सम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार र राहत तीव्र

काठमाडौं,१७ भदौ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।मंगलबार साँझ ७ बजेसम्म नेपाली

१,१२७ जनाको मृत्यु, ४,८०० भन्दा बढी बेपत्ता

काठमाडौं ,१७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीले आज बुधबार बिहान ८ बजेसम्मको

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत