एमाले पथरी शनिश्चरेको अध्यक्षका लागि चारजना आकांक्षी

अध्यक्षमा ४ र सचिवमा १० आकांक्षी

पथरी, २४ चैत / नेकपा एमाले पथरी शनिश्चरे मोरङको चैत २७ मा हुने दोस्रो नगर अधिवेशनबाट नेतृत्व लिने दाउमा चार जना आकांक्षी देखिएका छन् ।

 

जसमा बाबुराम एङ्देन, यामप्रसाद गुरागाईं, प्रकाश कार्की र सञ्जीव गिरीले आफूहरु पार्टीको अध्यक्ष बन्ने दाबी गर्नुभएको छ । यसअघि गाविस हुँदाताका एङ्देन सचिव र अध्यक्ष भइसक्नु भएका तथा अघिल्लो कार्यकालमा जनप्रतिनिधिका रुपमा वडाध्यक्ष भइसक्नु भएको छ । गुरागाईं २ नम्बर वडाको गत कार्यकालको निर्वाचित वडा अध्यक्ष र कार्की अघिल्लो कार्यकालमा ८ नम्बर वडा अध्यक्ष उठेर पराजित बन्नुभएको थियो । यी सबैभन्दा युवा उमेरका गिरी नगरमा २ वटा नगर स्तरीय फुटबल लिग प्रतियोगिता गराएर लोकप्रियता हासिल गरेका युवामा पर्नुहुन्छ । अध्यक्षका लागि एङ्देनले अलि बढी जोडबल गरिरहनु भएको छ ।

 

त्यसैगरी, उपाध्यक्षमा अरुणा राई, देवी राई लगायतको चर्चा छ । सचिवमा त १० जना आकांक्षी देखिएका छन् । तीर्थ आचार्य, काशिहाङ राई, अशोक साम्पाङ राई, विरोज मगर, कुलमणि गुरुङ, अनोज घिमिरे, नवीन ढकाल, पर्शुराम न्यौपाने, मणि लिम्बु, कृष्ण कार्की, भक्त राई लगायत आकांक्षी रहेको चर्चा रहेको छ । सहसचिव वा अवस्था हेरेर मुख्य ५ पदमध्ये कुनै पदमा मनोनयन दर्ता गर्न सक्ने गोविन्द भण्डारीको दाउ छ ।

 

विधान अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिव २ गरी एक महिलासहित ५ जना पदाधिकारी, १ देखि ९ नम्बर वडासम्म प्रति वडा ५ जनाको दरले ४५ जना, वडा नम्बर १ बाट ८ सदस्य गरेर ५३, र १७ सदस्य भूगोलबाट खुल्ला गरेर ७५ जना नगर समिति बन्ने वर्तमान नगर सचिव भीमकुमार राईले बताउनु भयो । अधिवेशनमा १७१ जना प्रतिनिधि हुनेछन् । अन्य पदमा पनि एक भन्दा बढी आकांक्षी देखिएको अवस्थामा छ । निर्वाचनमा सबै पदको सहमतिमा कमिटी चयन गराउने पार्टीको माथिल्लो कमिटीले उल्लेख गरेको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,