व्यायामशाला निर्माण

विद्यालय परिसरमै बन्यो खुला व्यायामशाला

नगरका अन्य ५ वटा वडामा समेत यसखाले व्यायामशाला निर्माण गरिएको

दमक, २४ चैत। दमक नगरपालिका वडा नम्बर ९ स्थित सरस्वती मावि इटाभट्टाको परिसरमा व्यायामशाला निर्माण गरिएको छ ।

विद्यालयको दक्षिण तर्फको प्रदेशद्वार छेउमै वडा नम्बर ९ ले ५ लाख रुपैँया लगानी गरेर विभिन्न नौ प्रकारका व्यायाम उपकरणहरु राखेर खुला व्यायामशालाको उद्धघाटन गरिएको छ ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गर्दै भन्नु भयो ‘नगरपालिकाले अहिले पूर्वाधारको काम सँगसँगै शिक्षा र स्वास्थ्यलाई पनि लिएर अघि बढिरहेका छौ । यो काम त्यसै अनुसार भएको हो ।’ नगरका अन्य ५ वटा वडामा समेत यसखाले व्यायामशाला निर्माण गरिएको र यसलाई १० वटै वडामा पुर्याउने लक्ष्य समेत राखिएको उहाँले बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका वडा नम्बर ९ का वडाध्यक्ष कुवेर भट्टराईले बढ्दो सहरीकरण र व्यस्ताले गर्दा शरीरलाई कसरत कम भइरहेको र आफ्‌नै ठाउँमा निर्माण भएको यसखाले खुला व्यायामशालाले सबैलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । स्थानीयको माग र आवश्यकतालाई मद्यनजगर गर्दै यो योजना वडाकै बजेटबाट निर्माण गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रमममा विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्ष, बिभिन्न राजनीतिक दलका स्थानीय नेतृत्व तथा समाजका अन्य प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,