खै त नेपाली कोदोको रक्सि ब्रान्डिङ ? किन बनेन ऐन ?

सरकारलाई दबाब दिन पहिले सरकारमा रहेकाहरुले बनाए समिति

दमक, २४ चैत/ जे चिज पनि विदेशबाट आयात गर्ने बानी नै भइसकेको छ । आफ्‌नै उत्पादनमा लगानी गर्ने परिस्थिति अझै बनिसकेको छैन । देश आयातमुखी अवस्थाबाट मुक्त हुन लामै समय लाग्ने देखिन्छ । अझ महंगा महंगा रसायनयुक्त रक्सि आयात गर्ने सवालमा पनि नेपाल अगाडि नै छ ।

 

यस अवस्थामाझ नेपालको पहाडी र हिमाली क्षेत्रमा औषधीय गुण समेत भएको कोदो र मर्चाको अर्गानिक रक्सीलाई आधारिकता दिने मात्र होइन ब्रान्डिङ नै गर्ने सर्वसाधारणबाट समेत आवाज उठेपछि सरकारले ब्रान्डिङ गरेर यसको प्रवद्र्धन गर्ने घोषणा गर्‍यो । चालु आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमार्फत यसको उत्पादन, ब्रान्डिङ, बजारीकरण र बिक्री गर्ने कानुनी व्यवस्थाको घोषणा गरिएको भएपनि हालसम्म कानुन बन्न नसक्दा स्वदेशी उत्पादन नै उपेक्षित मात्र होइन प्रतिवन्धित भएर बस्नु परेको विडम्बनापूर्णस्थिती छ ।

 

व्यवसायी, उत्पादक, जनप्रतिनिधि र व्यापक रूपमा आम सर्वसाधारणले माग गरेपछि सरकारले घरेलु रक्सीलाई ब्रान्डिङ गर्ने घोषणा गरेको थियो । सरकारले पहल नगरेपछि सरोकारवालाले कोदोको रक्सी ब्रान्डिङ गर्नेबारे फेरि आवाज उठाउँदै सरकारलाई घच्घच्याउन थालेका छन् । कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री उषाकला राई र संघीय सरकारका पूर्वकानुनमन्त्री शेरबहादुर तामाङको संरक्षकत्वमा छिरिङ ग्याल्बु लामाको संयोजकत्वमा ३७ सदस्यीय राष्ट्रियस्तरको ‘नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति’ गठन गर्दै सरकारलाई दबाव दिने कार्यक्रम तय गरेको छ ।

 

आउँदो आर्थिक वर्षबाट नै कानुन बनाई कार्यान्वयन गरिनुपर्ने माग गर्दै अहिले कोदो र मर्चा प्रयोगबाट बनाइएका परम्परागत घरेलु रक्सीको बिक्री वितरणमा समेत रोक नलगाउन समितिले अपिल गरेका छ । साथै कोदोको रक्सी उद्योग स्थापना गर्न तत्काल सहुलियत ऋण व्यवस्था मिलाउन पनि सरकारसमक्ष समितिले माग गरेको छ ।

 

यसअघि कोशी प्रदेश सभाकी पूर्वसदस्य राईले लामो समयदेखि ‘घरेलु मदिरा ब्यान्ड (प्रतिबन्ध) होइन, ब्रान्ड बनाउनुपर्ने’ भन्दै अभियान नै चलाउनु भएको थियो । राईले कोशी प्रदेशकी सामाजिक विकास मन्त्री हुँदा घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठनसमेत गर्नुभएको थियो । तर संघीय तबरबाट मूल कानुन नबन्दा समस्या यथावतै रहिरहेको छ ।

 

 

कोशी प्रदेशको तेह्रथुमको छथर गाउँपालिका र खोटङको हलेसी तुवाचुङ नगरपालिकाले कोदोको स्थानीय रक्सीको बजारीकरणका लागि कानुन निर्माण गरेर ब्रान्डिङ थालेको छ । उता, गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्नेबारे पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बाग्लुङमा अध्ययन गरिरहेको छ ।

 

 

कुल गार्हस्थ्य उत्पादनमा कोदोको योगदान ०.०९३६ प्रतिशत छ र करिब ५७ खर्बको अर्थतन्त्रअनुसार नेपालमा खपत हुने कोदोको मूल्य ५ अर्ब ३३ करोड ५२ लाख रुपैयाँ हुन आउने चौथो राष्ट्रिय जीवनस्तर सर्वेक्षण, २०७८ मा आधारित भई राष्ट्र बैंकले तयार पारेको उपभोग भारमा उल्लेख छ । नेपालमा खपत हुने कुल कोदोमध्ये २५ प्रतिशत बाहिरी मुलुकबाट आयात हुने गरेको छ भने ७५ प्रतिशत नेपालमा उत्पादित कोदो रहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सीमापार जल तथ्यांक र पारदर्शिता खुला गर्न चीनसँग अधिकारकर्मीको माग

काठमाडौं,१७ भदौ । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरण विद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जल सम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार र राहत तीव्र

काठमाडौं,१७ भदौ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।मंगलबार साँझ ७ बजेसम्म नेपाली

१,१२७ जनाको मृत्यु, ४,८०० भन्दा बढी बेपत्ता

काठमाडौं ,१७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीले आज बुधबार बिहान ८ बजेसम्मको

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत