काठमाडौँ, २५ चैत । पर्यावरणको विनास बढेपछि बढेको प्रदुषण रोकिने अवस्था छैन । अझ सहर बजार त प्रदुषणका केन्द्र भइरहेका छन् । राजधानी काठमाडौँ वायु प्रदूषण हुने हिसावले विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ ।
सोमबार विहान साढे ७ बजेको आईक्यू एयरको मापन अनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको तथ्य फेला परेको हो ।
आज हावाको गुणस्तर २३० एक्यूआई रहेको छ । यसलाई अस्वस्थकर मानिन्छ । हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१ गुणा बढी रहेको छ ।
हाल भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः भियतनामको हानोई, चीनको बेइजिङ तथा ग्वानझाओ, म्यानमारको यङगुन, चीनको सांघाई, भारतको मुम्बई र चीनको वुहान रहेको उल्लेख छ ।









