तीनजुरे मिल्केमा कोशी पर्यटन वर्षको उद्घाटन

‘भारत र चीनबाट पर्यटन भित्र्याउन सक्नुपर्ने’

दमक, २७ चैत / गुराँसको राजधानी तेह्रथुमको तीनजुरे मिल्केमा कोशी प्रदेश सरकारले बुधबार एक कार्यक्रमकाबीच पर्यटन वर्ष २०८२ को उद्घाटन गर्दै पर्यटन प्रवद्र्धनमा जुट्ने सन्देश दिएको छ ।

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्यत्रको कार्यक्रम जुधेर उपस्थित हुन सम्भव नभएपछि उपप्रधानमन्त्री प्रकाशमान सिंहले सो कार्यक्रमको उद्घाटन गर्दै पर्यटनका लागि कोशी क्षेत्र निकै महत्वपूर्ण रहेको बताउनु भयो ।

 

 

लालीगुरास नगरपालिकामा आयोजित कार्यक्रमको अध्यक्षता गर्नुभएका कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार वर्ष तयार गर्न पर्यटन वर्ष घोषणा गरिएको बताउनु भएको छ ।

 

 

कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पँुजी निर्माण गरिने बताउनुभयो । स्थानीय तहको सहकार्यमा कोशी पर्यटनको विकास गर्दै नमुना प्रदेशको रुपमा लैजाने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गरेरअघि बढ्दै पर्यटनलाई प्रवद्र्धन गर्ने चाहना रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबै जातजाति, धर्म संस्कृतिको जगर्ना र त्यसको संरक्षणमा अघि बढ्ने स्पष्ट पार्नुभयो । पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापारघाटा काम गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले ऊर्जा, जलविद्युत पर्यटन, जडीवुटीका क्षेत्रमा काम गर्ने बताउनुभयो ।
उहाँले नेपालको पर्यटकीय क्षेत्रमा भारत र चीनबाट पर्यटन भित्र्याउन सक्नुपर्ने बताउँदै यसका लागि संघीय सरकारको योजना अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

 

कोशी प्रदेशलाई बन्द हडतालबाट मुक्त गर्दै यहाँ भएको समस्या वार्ताको माध्यमबाट समाधान गर्न पनि मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,