उर्लाबारी, २७ चैत / नेकपा एमाले उर्लाबारी नगर कमिटी मोरङको दोस्रो नगर अधिवेशनबाट उर्लाबारी ७ निवासी निरोज तिम्सिना अध्यक्ष पदमा निर्वाचित बन्नु भएको छ ।
निर्वाचनमा तिम्सिनाले अन्य दुई जना प्रतिष्पर्धीलाई पराजित गर्दै अध्यक्षमा आफूलाई विजयी बनाउन सफल बन्नुभयो । तिम्सिनाले ९० मत प्राप्त गर्दा अध्यक्ष पदका प्रत्यासी गोपाल रिमालले ५८ मत र सुरेन्द्र शेर्माले ५१ मत प्राप्त गर्नुभएको थियो । तिम्सिना भारत प्रवासमा समेत बसेर पार्टी गतिविधिमा सक्रिय बन्दै आउनु भएका इमान्दार र स्पष्ट वक्ताका रुपमा परिचित हुनुहुन्छ ।

उपाध्यक्षमा सुरेश शाक्यले १४४ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिस्पर्धी योगराज लाबुङले ५३ मत ल्याएर पराजय भोग्नु भयो । सचिवमा चेतन सिग्देलले १४२ मतले विजय हाँसिल गर्दा प्रतिस्पर्धी सुनिल धिमालले ३६ र इन्द्रबहादुर भट्टराईले २० मत ल्याउनु भयो ।
त्यस्तै, उपसचिवमा नितम चौहान १२१ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी भीम श्रेष्ठले ७५ मत प्राप्त गर्नुभयो ।
कुल २०४ जना प्रतिनिधिमध्ये २०२ जनाले मतदानमा भाग लिएको निर्वाचन समितिले जनाएको छ ।









