सडकको नक्सा घरखेतमा, खेत सडकमा

जिरिखिम्तीका ४१ परिवार सडकबाट हुने भए उठिबास

‘सडक आफ्‌नो ठाउँमा सार्ने हो भनें सडकले हालसम्म ओगटेको जग्गा स्थानीयको नाममा पास गरिदिनुपर्छ ।’

जिरिखिम्ती, २८ चैत / मोरङको पथरी शनिश्चरे नगरपालिका १० जिरिखिम्ती क्षेत्रमा पर्ने पूर्वपश्चिम मुख्य सडक क्षेत्रको कथाव्यथा अर्कैछ ।
डाँस खोलादेखि मोरङ्गी खोलासम्मको करिब १ किलोमिटर सडकखण्ड सडकको नक्सामा छैन, व्यक्तिको जग्गामा छ । अर्थात त्यहाँ ०२८ सालदेखि सडक बन्दा थाल्दाको यो खाले समस्या समाधान हुनुको साटो सो क्षेत्रका ४१ जग्गाधनी अहिलेको सडक विस्तारका क्रममा विस्थापित हुने अवस्था सिर्जना भएको छ ।

 

स्थानीय वासिन्दाले सडक बनेको आफ्नो नम्बरी जग्गाको मुआब्जा मागेको वर्षौं भयो । तर, उनीहरूले अझै मुआब्जा पाउनु परै जाओस् बसेको घर भोग्दै आएको जग्गा छोडेर विस्थापित बन्नुपर्ने भएपनि त्यहाँ ठूलो समस्या उत्पन्न भएको छ ।

 

पूर्व–पश्चिम एसियन राजमार्गअन्तर्गत यो सडक खण्डको वयरवन–९ (थ) को ६४ नम्बर कित्तामा बाटो बनिरहेको छ । १९७० सालमा नापी भएर जग्गा कित्ताकाट भयो । त्यसको ५३ वर्षपछि सडकको लागि जग्गा छुट्याइयो । त्यो बेला सडकको नक्सा हाल सडक रहेको भन्दा झण्डै ७० मिटर दक्षिणमा थियो । तर त्यो बेला पश्चिमी क्षेत्रको जंगलको मुखको मोरङ्गी खोलाको पुल नक्सा अनुसारको ठाउँमा बनाउँदा भासिएर समस्या भएपछि अलि उत्तरतर्फ सारेर बनाइयो । जसका कारण पुलबाट सडक सिधा पार्न डाँसखोलासम्मकै सडक उत्तरतिर व्यक्तिको जग्गातर्फ सारेर बनाइयो तर नक्सा पहिलेकै रह्यो, परिवर्तन भएन । त्यो बेला एउटै व्यक्तिको जग्गा तलमाथि हुँदा भोग गर्नैका लागि असर नपरेपनि पछि अरुले जग्गा किन्दै जाँदा नक्सा र जग्गा नमिलेर किनबेचमा समस्या भयो ।

 

‘खै यो बाटो बन्दादेखि हामी यहाँ बसेको । त्यतिबेला सरकारले नै नक्सा मिलाएन । अहिले घर जग्गा छोड्नुपर्ने भनेर रातो चिनो लगाकाछन् । हामीलाई मुआब्जा नदिइ त छोड्ने कुरै हुँदैन ।’ ज्येष्ठ एकल नागरिक स्थानीय सुबेसु सैंजुले समस्या दर्शाउनु भयो ।

 

सैजुको मात्र होइन, सडक दक्षिणतर्फका ४१ परिवार विस्थापित हुने सूचनाले त्रसित छन् । आफ्नो नम्बरी जग्गामा मुख्य राजमार्ग बनेपछि उनीहरूले मुआब्जा माग्दै धेरै वर्षदेखि संघर्ष गर्दै आएका छन् । अहिले काँकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी सुनसरीले सडक विस्तार गर्ने योजना बनायो । जस अनुसार सडकको पहिलेदेखिको दक्षिणतर्फको नक्साको भागमा सडक विस्तार गर्ने भयो । त्यही कारण त्यहाँका ४१ घरपरिवारको बिचल्ली हुने भएको छ । अहिले पहिलेको सडकको आफ्‌नो नक्सामा सडक विस्तार गर्ने भनेपछि त्यहाँ दक्षिणतर्फ मात्र सडक बढाइने भएको छ । सडक बनाउने वेला नापी गर्दा एक सय फुट चौडाको सडक बनाउने भनिए पनि सडकले अहिले १ सय ६५ फुट क्षेत्रफल ओगटेको छ ।

 

पीडितहरूले सडक रहेको आफ्नो जग्गाको सट्टा अहिले आफूहरू बसेको ठाउँमा नै जग्गा सट्टापट्टा गरिदिन पनि सम्बन्धित निकायलाई आग्रह गर्दै आएका छन् । सो समस्या समाधानका लागि स्थानीयले समिति नै बनाएर सडक विभाग, मन्त्रालयसहित सरकारका विभिन्न निकायमा माग पहल गरे । तर समस्याको समाधान नभई यसबेला आएर विल्लिबाठ हुने अवस्थानै सृजना हुनु स्थानीयबासीमाथि ज्यादै ठूलो अन्याय भएको समस्या समाधान समन्वय समितिका संयोजक मदन पोखरेलको भनाई छ । पोखरेलले भन्नुभयो ‘सडक आफ्‌नो ठाउँमा सार्ने हो भनें सडकले हालसम्म ओगटेको जग्गा स्थानीयको नाममा पास गरिदिनुपर्छ ।’

 

अहिले उनीहरू बसोबास गर्दै आएको जग्गा सडकको नाममा छ । उनीहरूसँग भएको नम्बरी जग्गाको धनीपुर्जा भए पनि त्यो जग्गामा सडक छ । आफूहरुले भोग्दै आएको जग्गा आफ्‌नो नाममा नरहनेकाले बेच्न र बैंकमा राख्न समस्या छ । तर आफ्नो जग्गामा सडक भए पनि त्यो जग्गाको कर तिरिरहेका छन् ।

 

 

पटक पटक यो समस्याका विषयमा स्थानीय पालिकाले पनि समाधानको उपाय निकाल्न माथिल्लो निकायमा लेखि पठायो । त्यहाँको समस्या समाधान नभएसम्म सडक विस्तारको काम नगर्न नगरपालिकाले भनेको विषय हालसम्म कार्यान्वयन हुन नसकेको नगर प्रमुख मोहनप्रसाद तुम्बापोले दुखेको पोख्नु भयो । ‘तर जसरी पनि स्थानीयको समस्या समाधान गर्नैपर्छ । हामीले पहल गरिरहेका छौं ।’– उहाँले भन्नुभयो ।
सो सडक आयोजना प्रमुख जगत प्रजापतिले समस्या समाधानका लागि धेरै पटक छलफल भएको बताउनु भयो । उहाँले नक्साको समस्या भएकाले समाधानमा कठिन भएको उल्लेख गर्दै भन्नुभयो ‘धेरै अघिबाट यसबारे छलफल तथा विचार विमर्श भएको छ । दक्षिणतिर सडक विस्तार गर्दा अलिक सजिलो हुन्छ कि भन्ने लाग्छ । घर र जग्गाधनीको समस्या समाधानको उपाय निकाल्न बाँकी छ ।’ १० मिटर चौडा बाटोलाई बढाएर २४ मिटर चौडाको बनाउने योजना अघि बढेको छ ।

 

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि यसखाले समस्या समाधानका लागि छलफल भइरहेको बताउनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,