दमक, २८ चैत / नेपाली बजारमा बिहीबार सुनको मूल्यमा एक्कासी ५ हजार ७ सय रुपैयाँ वृद्धि भएर हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम भएको छ ।
आज सुनको भाउ प्रतितोला ५ हजार सात सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य भएको महासंघले उल्लेख गरेको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज ६५ रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ ।









