चारदेशीय टी–२० आई सिरिज क्रिकेट

नेपालले ६ विकेटले कुवेतलाई हरायो

ऐरीको नयाँ कीर्तिमान कायम

काठमाडौं, २८ चैत / हङकङमा सञ्चालित चारदेशीय टी–२० आई सिरिज क्रिकेटमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

 

जसमा नेपालका अलराण्डर दीपेन्द्रसिंह ऐरीले नयाँ किर्तिमान समेत कायम गर्नुभएको छ । ऐरीले करियरमा सबैभन्दा धेरै इनिङ शुन्यमा आउट नभइकन अर्थात् बिना डक धेरै इनिङ्स खेल्दै उक्त कीर्तिमान बनाएका बनाउनु भएको हो ।

 

बिहीबार बिहान कुवेतविरुद्धको खेलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको शानदार अर्धशतकमा नेपाल विजयी भएको हो ।
कुवेतले नेपाललाई दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा विष्फोटक ब्याटिङ गरेका कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गर्नुभयो । आशिफ शेखले ३४ बलमा दुई चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गर्नुभयो भनें कुशलले ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ रन बनाउनु भयो । आशिफले ३८ बलमा चार छक्का र दुई चौकाको मद्दतमा ५३ रन जोड्नु भयो ।

 

नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र तीन छक्काको मद्दतमा ३१ रन बनाउन सफल हुनुभयो । कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहेर प्रतिष्पर्धामा अघि बढ्नु भयो । १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

 

टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालका बलरविरुद्ध कुवेतले सुरुको पाँच ओभर आक्रामक ब्याटिङ गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,