अब अनुसन्धान तीव्र

पानबारी वनमा भेटिएको महिलाको शवको पहिचान खुल्यो, को हुन् उनी ?

कोरियाबाट प्रेम एक महिना विदामा आउदा पनि डेरामा श्रीमतीसँग ३ दिनमात्र बस्नु भएको थियो ।

सुनसरी, २८ चैत ।   गत सोमबार बिहान धरान उपमहानगरपालिका-६ पानबारीस्थित पाँचकन्या वनभित्र मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ ।

 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवम् एसपी सुमनकुमार तिम्सिनाका अनुसार ती महिला धनकुटाको महालक्ष्मी नगरपालिका-१ की ३३ वर्षीया चुनकुमारी (चुनिला) बुढाथोकीका रुपमा परिवारले सनाखत गरेका छन् ।

 

 

माइती पक्ष र घरतर्फका आफन्तजनले  शवको सनाखत गरेका हुन् । शव सनाखत भएपछि अब अनुसन्धानलाई तीव्र पारिएको उहाले बताउनुभयो ।

बुढाथोकीको माइती र घर दुवै धनकुटाको महालक्ष्मी नगरपालिका हो । माइती वडा नम्बर १ र घर वडा नम्बर २ मा पर्छ ।

 

 श्रीमान् प्रेम हाल वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेको खुलेको छ । प्रेम कोरिया गएको ५ बर्षपछि यही घर आएका थिए । उनी घर आएर एक महिना बिदा सकेपछि फेरि कोरिया फर्किएका थिए । यता  श्रीमती चुनिला भने डेढ वर्षदेखि इटहरीको हलगडामा डेरा लिएर बस्ने गरेकी थिइन् । यी बुढाथोकी दम्पतीका एक छोरा छन्।

मृतकको माइती पक्षका अनुसार कोरियाबाट प्रेम एक महिना विदामा आउदा पनि डेरामा श्रीमतिसँग ३ दिनमात्र बसेका थिए । प्रेमले नै कोरियाबाट घटनाअघि शनिबार छोरालाई मावली पठाउन र मोरङमा मृतककी दिदीको जानु भनेर पठाएको पनि भर्खर प्रहरीमा आएर मात्र जानकारी पाएको मृतकका माइला दाजु दुर्गा दाहालले बताउनु भयो ।

बुधबार दिउँसो मात्रै कोरियाबाट प्रेमले चुनिला चार दिनदेखि सम्पर्कमा नरहेको खबर पठाएका थिए । तर, पानबारीको जंगलमा एक महिलाको शव भेटिएको समाचार यता भाइरल भइसकेको थियो ।
प्रेम र चुनिलाले मागीबिहे गरेका थिए ।

विवाहको केही वर्षसम्म उनीहरूबीच सम्बन्ध राम्रो थियो । तर केही समयअघिबाट उनीहरूबीचको सम्बन्धमा दरार आएको थियो। प्रेम कोरिया गएयता चुनिलासँग झन् सम्बन्ध बिग्रिएको खुलेको छ ।

चुनिलाकी दिदी सावित्राले ज्वाइँ अहिले सम्पर्कमै आउन नचाहेको बताउनु भयो । चुनिला बेपत्ता हुँदा पनि प्रेमले कुनै चासो नदिएको उहाको भनाइ छ ।

चुनिलाका ससुरा सूर्यबहादुर बुढाथोकीले प्रेमले बुधबार मात्रै फोन गरेपछि बुहारी हराएको जानकारी पाएको बताएका छन् ।

उहाले धरानको पानबारी जंगलमा भएको शव हेर्दा बुहारीकै रुपमा पहिचान भएको बताउनु भयो ।

सूर्यबहादुरले बुहारीसँग आफूहरूको सम्बन्ध नराम्रो नरहेको बताउनु भएको छ । तर उहले छोरासँगको सम्बन्धबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिनु भयो ।
छोरो पढाउन भन्दै बुहारी धनकुटाबाट सु्नसरी झरेको उहाले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,