बुद्धिचाल खेलको ‘हब’ बन्दै पथरी शनिश्चरे

पथरी शनिश्चरेमा बुद्धिचाल क्रियाकलाप निरन्तर रहेमा ग्रेन्टमास्टरसम्म उत्पादन हुन सक्ने विश्वास

पथरी, २८ चैत / मोरङको पथरीशनिश्चरे नगरपालिका बुद्धिचाल अर्थात चेसं खेलको केन्द्र बन्दै गएको छ ।

 

पथरी शनिश्चरेमा २०५९ जेठ १२ गते सृजनशील व्यक्तित्व ईश्वर आँशु मगरको अध्यक्षतामा फ्रेन्डसिप चेस क्वलको गठनपछि नगरमा निरन्तर बुद्धिचाल प्रतियोगिता हुँदै आएको छ । क्लबले २०६८ र २०६९ मा ‘पथरी च्याम्पियन बुद्धिचाल प्रतियोगिता’ गर्दै स्थानीय स्तरमा बौद्धिक क्षमता अभिवृद्धिका साथै खेल, खेलाडीको विकास गर्दै आएको छ ।

 

यसबीचमा बुद्धिचाल खेलको विकास र खेलको माध्यमबाट पथरीशनिश्चरे नगरलाई परिचय गराउने उदेश्यले सुरु भएको ‘सहिद रत्नकुमार वान्तावा राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता’को त चौथो संस्करण भइसकेको छ । ‘सुृजनशील र स्वास्थ्य दिमागको लागि बुद्धिचाल’ भन्ने नाराका साथ सुरु भएको ‘सहिद रत्नकुमार वान्तावा राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता’ चार दिनसम्म चल्नेछ ।

 

पथरी शनिश्चरे नगरमा राष्ट्रिय, नगर स्तरीय, स्कुलस्तरीय र ब्ल्जि गरेर वर्षमा आधा दर्जन बढी खेलकुद प्रतियोगिता हुने गरेका छन् । बुद्धिचाल खेलको क्रियाकलापहरुले गर्दा पथरी शनिश्चरे नगरमा ६० जना फिडे रेटिङ खेलाडीहरु उत्पादन भएका छन् । फ्रेन्डसिप चेस क्लवकै उत्पादनको रुपमा रहेको आरबिटर अर्थात निर्णायक डम्बर राई प्रदेशभर व्यस्त निर्णायकको रुपमा स्थापित बन्नु भएको छ । डम्बरको साथै तुलसी भण्डारी, पुकार राई पनि आरबिटरका रुपमा उत्पादन हुनु भएको छ ।

 

पथरी शनिश्चरेबाट उत्पादित खेलाडी निलम बस्नेतले प्रदेशभर खेल्न जाँदा वर्षभरी कुनै न कुनै पुरस्कार जितेर ल्याउने गरेको देखिन्छ । पथरीमा लोकसागर साम्बा, धनराज राई अमिरलगायतका खेलाडी अब्बल खेलाडीका रुपमा परिचित हुनुहुन्छ ।
बुद्धिचाल खेलको माहोल बढ्दै जाँदा पथरीको एभरेष्ट, बाल्मीकि, किर्तिपुर एकेडेमीले बुद्धिचाल खेल शिक्षक राखेरै पठनपाठन सुरु गरेका छन् ।

 

‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता—२०८१’मा पूर्व राष्ट्रिय च्याम्पियनहरु राजन सुवेदी, नवीन तण्डुकार, रुपैस जैसवाल, चर्चित महिला खेलाडी कीर्तिसरा अधिकारीलगायत नेपालका चर्चित खेलाडीहरु सहभागि बन्नु भएको छ ।
अघिल्लो प्रतियोगितामा महिला प्रथम बन्नुभएकी बुद्धिचाल खेलाडी कीर्तिसरा अधिकारी भन्नुहुन्छ ‘पथरीमा नेपालकै टप टप खेलाडीहरु सहभागी हुनुहुन्छ ।’

 

एभरेष्ट स्कुलबाट सहभागि अन्तर विद्यालय स्तरीय प्रतियोगितामा विजेता सेरा गुरुङ विद्यालयहरुले बुद्धिचाल शिक्षक नै राखेर खेल सिकाइनु निकै राम्रो काम भएको भन्दै खुसी व्यक्त गर्नुहुन्छ । त्यही प्रोत्साहनबाट उहाँ यो पटकको रत्नकुमार वास्तवा स्मृति प्रतियोगितामा पहिलो पटक सहभागि बन्नु भएको छ ।

नेपालको वर्तमान च्याम्पियन रुपेश जैसवाल पथरी शनिश्चरेको प्रतियोगितामा दोस्रो पटक सहभागी भएको बताउँदै देशैभरिका राम्रा खेलाडीहरुलाई पथरी शनिश्चरेको प्रतियोगिताले तानेको सुनाउनु हुन्छ ।

 

नेपालकै पुराना खेलाडी तथा नेपालको पूर्व राष्ट्रिय च्याम्पियन नवीन तण्डुकारले पथरी शनिश्चरे क्षेत्रमा खेलको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै लगातार प्रतियोगिता गर्दै आएकोप्रति प्रशंसा गर्नुभयो । पथरी शनिश्चरेले बुद्धिचाल क्रियाकलाप निरन्तर रहेमा ग्रेन्टमास्टरसम्म उत्पादन हुन सक्ने उहाँको विश्वास छ ।

कार्यक्रमका आयोजक फ्रेन्डसिप चेस क्लवका अध्यक्ष धनराज राई (अमीरं) ले यो प्रतियोगितामा ४१ वटा विधामा ३ लाख ७५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो ।
बुद्धिचाल प्रतियोगितासँगै बडिबिल्डिङमा पाँचौ मिस्टर काठमाडौ ब्ल्जि प्रतियोगिताको लागि ४४ हजार पुरस्कारको छुट्टै प्रतियोगिता हुने पनि उल्लेख गर्नुभयो ।

 

प्रतियोगिताको नगर प्रमुख मोहनप्रसाद तुम्बापो र अन्डर सिक्सटिन (१६)ं मोरङ वितेता सेम्रिस राईबाट गोटी चालेर संयुक्त उद्घाटन गरिएको छ ।

 

कार्यक्रमको औचित्य माथि बोल्दै आयोजक क्लवका उपाध्यक्ष अर्जुन जम्नेली राईले पथरी शनिश्चरे नगरमा नगरपालिका, खेलाडी र स्थानीय व्यवसायीको साथ पाएमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता गर्न सकिने आँट व्यक्त गर्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति