भारतबाट आउनेलाई सुरक्षा जाँच कार्ड वितरण

विराटनगर, २९ चैत /  २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको कोशी प्रदेश सरकारले भारतीय पर्यटकको सहजताका लागि सीमा नाकामा सुरक्षा जाँच कार्ड वितरण गर्न थालेको छ ।

 

नेपालमा धेरै स्थानमा सुरक्षा जाँचका नाममा दुःख दिने गरेको भारतीय पर्यटकको गुनासो रहेको अवस्थामा पर्यटन वर्ष मनाउने घोषणा गरेको सरकारले पर्यटक भित्र्याउनका लागि रुट परमिट र सुरक्षा जाँचको कार्ड बाँड्ने योजना ल्याएर शुक्रबारबाट कार्ड वितरण थालेको छ ।

 

पर्यटकका यातायातका साधनलाई सीमा नाकाबाहेक बाहिर सुरक्षा जाँच नगर्ने गरी नाकामा सुरक्षा जाँच र रुट परमिट कार्ड वितरण थालिएको कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमल थापाले जनाउनु भयो । नेपाल प्रवेश गर्ने नाकामा स्टिकर टाँसेपछि पर्यटक बस वा अरु भारतीय साधनलाई अन्य स्थानमा सुरक्षा जाँचका लागि रोकिनु नपर्ने व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो । यसरी बाँडिने कार्डमा ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२, विदेशी साधनको अस्थायी रुट इजाजत पत्र तथा सुरक्षा जाँच कार्ड’ लेखिएको छ ।

 

विराटनगरको रानी, झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर र सुनसरीको कोशी पुलमा छुट्टै युनिट राखेर सुरक्षा जाँचपछि सुरक्षा जाँच र परमिटको कार्ड वितरण गरिने छ । कार्डमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कोशी प्रदेश प्रहरी कार्यालयको सम्पर्क नम्बर राखिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,