भाग्दिन भनेका दुर्गा प्रसाईं भारतबाट पक्राउ, यसरी लगियो काठमाडौं

कडा सुरक्षाबीच भारतीय प्रहरीबाट प्रसाईंलाई जिम्मा बुझेर नेपाल प्रहरीले काँकडभिट्टाको मुख्य नाकाबाटै भित्र्यायो ।

 

दमक, २९ चैत / यो कुनै कार्यक्रमको तयारीको दृष्य पनि होइन । न कि कुनै विशिष्ट पाहुनाको आगमनको स्वागतको नै हो । भारततर्फबाट आउने ती व्यक्ति जसलाई पत्रकारहरुले पनि यसरी पछ्याइरहेका थिए ।

 

प्रहरीको वारेन्टमा परेका व्यक्तिको पो पर्खाइ थियो त्यो । पूर्वराजावादीको गतिविधि उकास्ने काममा सामेल दुर्गा प्रसाईंको गिरफ्‌तारीपछिको दृष्य हो । बिहीबार भारतको असममा भारतीय प्रहरीबाट पक्राउ प्रसाईंलाई शुक्रबार नेपाल बुझाएपछि पत्रकारहरुले त्यो दृष्य छायांकन गर्न, फोटो खिच्न र अवस्था बुझ्‌न यो दौडधुप गरे ।

 

झापाको काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल ल्याइँदै गरेको जानकारी पाएपछि उहाँका समर्थकहरु काँकडभिट्टा भेला भए । पत्रकारहरुले त त्यो अवस्थाको समाचार संकलन गर्नुनै थियो । काँकडभिट्टामा बढ्ने भिडभाडले सुरक्षा चुनौति आउन सक्ने बुझेर दक्षिणपट्टिको गलगलिया नाकाबाट भित्र्याउने सोच समेत बनेको विषय बाहिर आयो । तर कडा सुरक्षाबीच भारतीय प्रहरीबाट प्रसाईंलाई जिम्मा बुझेर नेपाल प्रहरीले काँकडभिट्टाको मुख्य नाकाबाटै भित्र्यायो ।

 

आईजीपीको सचिवालयले विज्ञप्ति निकाल्दै दुर्गा प्रसाईँ र उनका बडिगार्ड दिपक खड्कालाई शुक्रबार भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि काठमाडौं लगिएको छ ।

 

चैत १५ गते पूर्वराजावादीको कार्यक्रम अन्तर्गत तीनकुनेको आन्दोलनलाई उत्तेजित बनाएर फरार रहेका प्रसाईँ नेपाल प्रहरीसँगको समन्वयमा आसाम प्रहरीले नियन्त्रणमा लिएको थियो । आज नेपाल–भारत सीमावर्ती क्षेत्रबाट बुझाइएसँगै प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा नेपाल प्रवेश हुन पुगेको देखिन्छ ।

 

प्रसाईँलाई चन्द्रगढी विमानस्थलहुँदै बुद्ध एयरको जहाजबाट  हतकडी लगाएर धकेल्दै विमानमा चढाएको देखिन्छ । काठमाडौं पुर्याएसँगै प्रहरीले २ जनाको ज्यान जानेगरिको हिंसात्मक गतिविधि सम्बन्धि मुद्धामा म्यादथपलगायतको प्रक्रिया पूरा गरेर अनुसन्धान सुरू गर्नेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,