नेकपा एमालेकाे जनजागरण सभा

८४ पछि पनि यही सरकार निरन्तर चल्छ : मुख्यमन्त्री कार्की

वर्तमान गठबन्धन र साझेदार दलहरुले देश र जनताको हितमा काम गरेको दावी
सभाको संवोधनका क्रममा मुख्यमन्त्री हिकमतकुमार कार्की

दमक, ३० चैत /   नेकपा एमालेका स्थाई कमिटी स्थाई कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले वर्तमान सरकार ८४ सालको निर्वाचन पछिपनि निरन्तर चल्ने बताउनु भएको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटीले दमकमा आयोजना गरेको बृहत् जनजागरण सभालाई सम्बोधन गर्दै नेता कार्कीले वर्तमान गठबन्धन र साझेदार दलहरुले देश र जनताको हितमा काम गरेको दावी गर्दै यो सरकार निरन्तर रहने बताउनु भएको हो ।

उहाके सरकारको नेतृत्वमा रहेको दलको भिजन र मिसन देशमा बिकास र समृद्धि ल्याउने रहेकोले जनताले यस्तै सरकार रहोस भन्ने चाहेको बताउदै उहाले सरकारले गरेका कामको फेहरिस्त समेत सुनाउनु भयो ।

“तथ्यांक केलाउदा हेरौ हिजो(राजतन्त्र )का बेला कति सडक बनेको थियो? कति बिद्यालय थिए? अहिले कति बनेका छन तथ्यमा हेरौ र विश्लेषण गरौ ।” उहाले बताउनु भयो ।

प्रतिगामी चलखेल र गणतन्त्र बिरोधि हर्कतको भन्डाफोर गरौ संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गरौ भन्ने नारा सहित एमालेले दमकमा जनजागरण सभा गरि रहेको छ ।

यसको मुख्य बक्ता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली रहनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,