दमक, ३० चैत । कोशी प्रदेशका सस्थापक मुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश इन्चार्ज एंव स्थायी कमिटी सदस्य शेरधर राईले पुर्वराजा ज्ञानेन्द्र साहलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताउनु भएको छ ।
दमकमा एमाले कोशी प्रदेश कमिटीले आयोजना गरेको जनजागरणसभालाई संवोधन गर्दै नेता राईले गत चैत १५ गते काठमाडौमा भएको हिंसात्मक घटनालाइ इङिद गर्दै पुर्व राजालाई कार्वाही गर्न आवश्यक रहेको उल्लेख गर्नु भएको हो ।
सर्वसाधारणलाई जलाउने, हत्या गर्ने , लुट्पाट गर्ने र हिंसा फैलाउने भन्दै त्यस दिनको कार्यक्रमको कमान्डर दुर्गा प्रसाईं पक्राउ गर्ने मात्र हैन यसका मुख्य नाईके पुर्व राजा शाहलाई नै कानुनी कठघरामामा ल्याउन आवश्यक रहेको उहाँको तर्क थियो ।
जनतालाई जिस्काउन खोजेको बताउदै उहाले जनतालाई रैती बनाउने ब्यबस्था र हाम्रो मालिक बनाउने व्यवस्था कति फरक छ । जनताले बुझिरहेका छन । अहिले हामी यसैको जागरण गराउने अभियानमा छौ ।
नेता राईले आफ्नो मन्तव्यका क्रममा बताउनु भयो ।
अस्पताल बनाएका छौ, बाटो बनाएका छौ, सन्चारको बिकास भएको छ, गाउँ गाउमा प्राबिधिक बिद्यालय छन । के यो राजतन्त्रको पालामा भएको थियो? उहाले प्रश्न गर्नु भयो ।









