पर्सा, ३० चैत / जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू लगाएको छ।
दुई पक्षबीचको झडपले वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभएको छ ।
साँझ ६:३० बजेदेखि भोलि मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यू लगाइएको उहाले बताउनु भयो ।
प्रशासनले वीरगन्ज महानगरभित्रका ४ क्षेत्रमा कर्फ्यू लगाएको उहाले जानकारी दिनुभएको छ ।
उहाका अनुसार पूर्व भेडियानी चोक, पश्चिम सिर्सिया पुल, उत्तर गण्डक चोक र दक्षिण शंकराचार्य चोकमा कर्फ्यू लगाइएको हो।









