वीरगञ्जमा स्थिति सहज बनाउने पहल कायमै, कर्फ्यू भने जारी

विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए कानुनको दायरामा ल्याइ कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता

दमक, ३१ चैत / पर्साको वीरगञ्जमा बढेको तनावलाई साम्य पार्न ३ बुँदे सहमति भएपनि स्थिति सान्य भइनसकेकाले पुन कर्फ्युको समय भने थपिएको छ ।

 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले थप सूचना जारी गर्दै वीरगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यू आदेश आइतबार राति १२ बजेसम्मका लागि लम्बिएकोे बताउनु भएको छ । आइतबार दिउँसो १२ बजेसम्मको कर्फ्यु पुनः थपिएको हो ।

 

वार्तामा राजनीतिक दलहरूले शान्ति अमन चयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका –याली, बन्द लगायतका कार्यक्रम एवं गतिविधिहरू कुनै पनि संघ संस्था एवं समुदायले नगर्ने प्रतिबद्धता जनाएको समेत उहाँले जनाउनु भयो । विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए कानुनको दायरामा ल्याइ कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ ।

 

स्थानीय प्रशासनले बैठकलगत्तै स्थानीय मुस्लिम अगुवाहरूसँग छुट्टै बैठक गर्ने र त्यसपछि पुनः सर्वदलीय सर्वपक्षीय बैठक गरेर अर्को निर्णय गर्ने तयारी गरी रहेको स्रोतले बताएको छ ।

 

जिल्ला प्रशासन कार्यालय पर्सामा विवाद समाधान गर्न दुई चरणको छलफल सकेर तेस्रो चरणको वार्ता चलिरहेको समयमा कार्यालयभित्र तनावको अवस्था देखिएको थियो ।

 

शनिवार हनुमान जयन्तीको शोभायात्राका क्रममा तनाव सिर्जना भएपछि वीरगञ्जमा प्रहरीले २ राउन्ड हवाई फायर र १२५ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

 

हनुमान जयन्तीको अवसरमा हिजो निकालिएको शोभायात्राका क्रममा भएको विवादपछि उत्पन्न तनावकोस्थितीलाई समाधान गर्नका लागि जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक गराएको हो । शनिबार साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ ।

 

हिन्दु धर्मावलम्बीहरूको जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको बताइएको छ । शोभायात्रामा सहभागीहरूले भने मुस्लिम समूहले मस्जिदबाट ढुङ्गा हानेपछि विवाद सुरु भएको आरोप लगाइएको प्रहरीको भनाई छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,