राजावादीको चहलपहल

झापामा पनि जनआन्दोलन समिति गठन, शाहीकालीन मन्त्री बने कमान्डर

समितिका प्रवक्ता स्वागत नेपालको सक्रियतामा शाहीकालीन मन्त्री टेकनारायण राजवंशीलाई अघि सारेर झापामा पनि राजतन्त्र पुनर्स्थापनानिम्ति जनआन्दोलन चर्काउने टीम तयार पारिएको छ ।

विर्तामोड, ३१ चैत । काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछि सेलाएको नवराज सुवेदी नेतृत्वको ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले झापामा पनि सक्रियता बढाएको छ ।

समितिका प्रवक्ता स्वागत नेपालको सक्रियतामा शाहीकालीन मन्त्री टेकनारायण राजवंशीलाई अघि सारेर झापामा पनि राजतन्त्र पुनर्स्थापनानिम्ति जनआन्दोलन चर्काउने टीम तयार पारिएको छ । यो टीमलाई तदर्थ समितिमात्र भनिएको छ । यही टीमले आउँदो शनिवार जिल्लाव्यापी भेला गरेर समितिलाई पूर्णता दिने योजना सुनाएको छ ।

राजतन्त्र पुनर्स्थापनाका लागि भन्दै तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा गठित संयुक्त जनआन्दोलन समितिले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा धनजनको व्यापक क्षति भएको थियो । सो प्रदर्शनमा कमान्डर तोकिएका दुर्गा प्रसाईंसहित राप्रपा नेता र केही अगुवा आन्दोलनकारी अहिले प्रहरी हिरासतमा छन् । संयोजक सुवेदीलाई पनि घरमै नजरवन्दमा राखिएको छ ।

तीनकुने प्रदर्शन अशान्त बनेपछि र प्रदर्शनका नाइकेहरु गिरफ्तार भएपछि राजावान्दी आन्दोलन मत्थर भएको धेरैको आँकलन थियो । यही बीचमा राजतन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका पदाधिकारीहरु जिल्ला भेला गर्दै झापा आइपुगेका हुन् । काठमाडौंपछि झापामा जनआन्दोलन समिति गठन गरेका राजावादी समुहले यसलाई देशव्यापी बनाउँदै विदेशसम्म पनि फैलाउने योजना सुनाएका छन् । आइतवार विर्तामोडको एक रेस्टुरेन्टमा भेला भएका उनीहरुले अवको आन्दोलन झनै सशक्त हुने र त्यस आन्दोलनले राजतन्त्र पुनर्स्थापना गरिछाड्ने दाबी गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,